७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रिमियर लिगमा लिभरपुल र टोटनह्याम विजयी

नेपालब्रिटेन संवाददाता
३ जेष्ठ २०७८, सोमबार ०४:११

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष चारको संभावना जिवित राख्नेक्रममा लिभरपुलले वेष्ट ब्रोमलाई २–१ ले पराजित ग-यो ।

वेष्ट ब्रोमका हाल रोब्सन कानुले पहिलो गोल गरेको खेलमा लिभरपुललाई जिताउन मोहोमद सालाह र गोलरक्षक एलिसन बेकरले एक एक गोल गरे । गएराति नैं भएको अर्को खेलमा टोटनह्याम हट्सपरले वुल्भरह्याम्पटनमाथि २–० को जित निकाल्यो ।

टोटनह्यामलाई जिताउन ह्यारी केन र होएबर्गले एक एक गोल गरे । प्रिमियर लिगकै अन्य खेलहरुमा क्रिष्टल प्यालेसले एस्टन भिल्लालाई ३–२ ले हराउँदा शेफिल्ड युनाइटेडले एभर्टनलाई १–० ले स्तब्ध पा¥यो । गएरातिका खेलहरुपछि प्रिमियर लिगको शिर्ष चारको भिडन्त रोचक बनेको छ ।

च्याम्पियन म्यान्चेस्टर सिटी र दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेड आ आफ्नो स्थानमा पक्का रहँदा तेस्रो स्थानको लेष्टर सिटीदेखि चौथो स्थानको चेल्सी, पाचाँै स्थानको लिभरपुल, छैटो स्थानको टोटनह्याम हट्सपर र सातौ स्थानको वेष्ट ह्याम युनाईटेड पनि शिर्ष चारको दौडमा छन् ।

प्रिमियर लिगको शिर्ष चार स्थानभित्र पर्न सफल टोलीले च्याम्पियन्स लिग खेल्न पाउने प्रावधान छ ।