१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चेल्सीको शिर्ष चारमा पर्ने सम्भावना बलियो

नेपालब्रिटेन संवाददाता
५ जेष्ठ २०७८, बुधबार ०५:४७

लन्डन । लेष्टर सिटीलाई हराउँदै चेल्सीले इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष चारमा पर्ने संभावना बलियो पारेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन एन्टोनियो रुडिगर र जर्गीनोले एक एक गोल गरे ।

लेष्टरका केलेची इहिनाचोले एक गोल फर्काए । जितसँगै चेल्सी ३७ खेलबाट ६७ अंक जोड्दै तालिकाको तेस्रा स्थानमा उक्लिएको छ । ६६ अंक जोडेको लेष्टर सिटी चौथो स्थानमा झरेको छ । एक खेल कम खेलेको लिभरपुलले आज राती बर्नेलेमाथि जित निकालेको खण्डमा लेष्टर सिटी तालिकाको पाचौ स्थानमा झर्नेछ ।

जारी लिगमा अब अन्तिम चरणका खेलहरु मात्रै खेल्न बाँकी रहेकोले लेष्टर सिटीको शिर्ष चारमा रहँदै च्याम्पियन्स लिग खेल्ने संभावना कमजोर बनेको छ । प्रिमियर लिगमा गएराति भएको अर्को खेलमा च्याम्पियन म्यान्चेस्टर सिटीलाई ब्राइटनले ३–२ ले हराएको छ ।

यसैगरि म्यान्चेस्टर युनाईटेड र फुल्हमले १–१ गोलको बराबरी खेल्दा लिड्स युनाईटेडले साउथह्याम्पटनलाई २–० ले हराएको छ ।