१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लिभरपुल अंक तालिकाको चौथो स्थानमा

नेपालब्रिटेन संवाददाता
६ जेष्ठ २०७८, बिहीबार ०३:०२

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा बर्न्लेलाई ३–० ले हराउँदै लिभरपुल तालिकाको चौथो स्थानमा उक्लिएको छ । गएराति बर्न्लेको मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन रोबर्टो फर्मिनो, नाथलियन फिलिप्स र अक्सलेड चेम्बरलीनले एक एक गोल गरे ।

जितसँगै लिभरपुलले प्रिमियर लिगको चौथो सथानमा रहेको लेष्टर सिटीलाई उछिनेको छ । लिगमा अब अन्तिम चरणका खेलहरु मात्रै बाँकी छन् । च्याम्पियन म्यान्चेस्टर सिटी र दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेड शिर्ष दुई स्थानमा सुरक्षित छन् ।

तेस्रो र चौथो स्थानको लागि अब तिन टोलीबिच भिडन्त छ । तेस्रो स्थानको चेल्सीको ६७ अंक छ भने चौथो स्थानको लिभरपुल र पाँचौ स्थानको लेष्टर सिटीको समान ६६ अंक रहेको छ । अन्तिम खेलमा लिभरपुल वा चेल्सीले अंक नगुमाएको अवस्थामा लेष्टर सिटीको शिर्ष चारमा पर्ने संभावना सकिएको छ । गएराति एस्टन भिल्लासँग २–१ ले हारेको टोटनह्यामको पनि च्याम्पियन्स लिग खेल्ने संभावना सकिएको छ ।