१४ बैशाख २०८१, शुक्रबार
Follow Us

टोकियो ओलम्पिक नरोकिने

नेपालब्रिटेन संवाददाता
८ जेष्ठ २०७८, शनिबार ०३:४५

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले टोकियो ओलम्पिक जस्तो सुकै अवस्थामा पनि जुलाई २३ बाट अगष्ट ६ सम्म हुने बताएका छन् ।

हिजो भएको भर्चुअल बैठकमा आइओसीका शिर्ष पदाधिकारीले टोकियोमा आपतकालिन घोषणा भएपनि ओलम्पिक नरोकिने बताएका हुन् । कोरोना महामारीका कारण एक वर्ष स्थगित भइसकेको ओलम्पिक यो वर्षपनि रद्द गर्नुपर्ने भन्दै जापानी नागरिकले विरोध गरिरहेका छन् ।

यस्तैमा प्रतियोगिता आउन नौ साताको समय बाँकी रहेका बेला आइओसीले अब भने निर्धारित मितिमै प्रतियोगिता आयोजना गर्ने जनाएको हो । जापानमा मेडिकल विशेषज्ञले पनि कोरोना महामारीका कारण स्वास्थ्य व्यवस्था व्यवस्थापन गर्न कठिन हुने बताइरहेका छन् ।

तर आइओसीले तीन दिने भर्चुअल बैठकबाट जस्तो अवस्थामा पनि ओलम्पिक हुने बताएको छ । जापानका ७० प्रतिशत जनताले यो प्रतियोगिता रद्द हुनुपर्ने धारणा राखेका छन् ।

टोकियोमा आपतकालिनको घोषणा भएपनि त्यसलाई सुरक्षित तरिकाले कसरी सम्पन्न गर्ने भन्ने योजना बनेको र त्यहि अनुसार प्रतियोगिता हुने आइओसीका उपाध्यक्ष जोन कोयट्सले बताए । आइओसीको काम नै सुरक्षित प्रतियोगिता गर्ने रहेको र त्यसमा हामी सफल हुनेमा विश्वस्त रहेको उनले बताए ।