१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेलायती धाविका डीनालाई स्वर्ण

नेपालब्रिटेन संवाददाता
१० जेष्ठ २०७८, सोमबार ०५:५३

लन्डन । बेलायती धावीका डीना एसेर स्मिथले डाइमण्ड लिगमा एक सय मिटरको स्वर्ण जितेकी छिन् । गेट्सहेडमा भएको खेलमा स्मिथले अमेरीकी स्टार साकारी रिचार्डसनलाई पछि पार्दै एक सय मिटरको रेसको उपाधि जितेकी हुन् । उनी रिचार्डसन भन्दा शुन्य दशमलव ११ सेकेण्डले अगाडी रहिन् ।

यो सिजनमा स्मिथ एक सय मिटरकै तीव्र धाविका बनेकी छिन् । उनले मारी जोसी ता लोउ, जमैकन वल्र्ड च्याम्पियन सेली अए फ्रेसर पेरीलाई पछि पारिन् । स्मिथले सन् २०२० मा कुनै पनि प्रतियोगितामा सहभागिता जनाएकी थिइनन् । उनले सन् २०१९ मा एक सय मिटरमा सिल्भर र दुई सय मिटरमा विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।