१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चेल्सीका कप्तान सेजरले पाएको रातो कार्ड फिर्ता

नेपालब्रिटेन संवाददाता
१२ जेष्ठ २०७८, बुधबार ०४:०६

लन्डन ।  चेल्सीका कप्तान सेजर अज्पिलिक्वेटाले एस्टन भिल्लासँगको खेलको क्रममा पाएको रातो कार्ड फिर्ता भएको छ । रेफ्रीले देखाएको रातो कार्डविरुद्ध उनले अपील गरेका थिए । गत शनिबार भएको खेलको क्रममा ८९ औं मिनेटमा एस्टन भिल्लाका मिडफिल्डर ज्याक ग्रिलिशलाई समातेको देखिएपछि सेजरलाई रातो कार्ड दिइएको थियो ।

तर सेजरको अपीलपछि पुर्नमुल्यांकन गर्दा रातो कार्ड दिनु नपर्ने भन्दै निर्णय उल्ट्याइएको हो । भिल्लामाथि २–१ को जित निकालेको चेल्सीले शीर्ष चारमा स्थान बनाएर च्याम्पियन्स लिगका लागि छनौट हुन सफल भएको थियो ।

३१ वर्षका सेजर युरोकपका लागि स्पेनको टोलीमा पनि छन् । मे २९ मा चेल्सीले च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने छ ।