१५ चैत्र २०८०, बिहीबार
Follow Us

पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन एमाले सांसदहरुको माग

नेपालब्रिटेन डट कम्
२६ पुष २०७३, मंगलवार ११:०८

काठमाडौं । बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक बाफिया संसदबाट पारित भएको छ । अर्थ समितिको पूरक प्रतिवेदनसहितको विधेयक मंगलवार संसद्को बहुमतबाट पारित भएको हो । पहिलो संविधानसभाको कार्यकालमा संसदमा आएको विधेयक वर्षांैपछि पारित भएको हो । विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफका क्रममा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले पाँच-सात वर्षदेखि छलफलमा रहेको विधेयक पारित हुनु बैंकिङ क्षेत्रमा कोशेढुङ्गा साबित हुने बताए । मन्त्री महराले विधेयक पारित भएसँगै बैंकप्रति जनताको विश्वास बढ्ने बताए ।
विधेयकमाथि संसदमा भएको सैद्धान्तिक छलफलमा सांसदहरुले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को अधिकतम सेवासुविधा तोक्नुपर्ने, बैंक तथा वित्तीय संस्थाको शेयरलाई व्यक्तिको हातमा दिन नहुने लगायत माग गरेका थिए । यसअघि बाफिया पारित भएपछि यसले बैंकिङ क्षेत्रमा दूरगामी असर पर्ने भन्दै चासो व्यक्त भएपछि संसद्ले गएको असार ७ गते अर्थ समितिको प्रतिवेदन समितिमै फिर्ता गरेको थियो । बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ)को कार्यकाल, संवैधानिक पद धारण गरेको व्यक्ति सञ्चालक बन्न पाउने र संस्थापक शेयर बिक्री सम्बन्धी प्रावधानका कारण विधेयक विवादित बनेको थियो । यसअघिको प्रावधानमा फेरबदलसहित बाफिया पारित गरिएको हो ।

संसद बैठक
यसैबीच प्रतिपक्षी नेकपा एमालेले पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिन माग गरेको छ । मंगलबार संसदको सून्य समयमा बोल्दै एमाले सांसद प्रकाश ज्वालाले पृथ्वीनारायण शाह राजा मात्र नभई राष्ट्र निर्माता भएकाले उनको योगदानको कदर गर्दै सार्वजनिक विदा दिनुपर्ने माग गरेका हुन ।
सोमबारको बैठकमा राप्रपाकी सांसद कुन्तिकुमारी शाहीले पनि विदा दिन माग गरेकी थिइन । नेपाल एकिकरणका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २ सय ९५ औ जन्मजयन्ती बुधवार पुस २७ गते मनाइदैछ ।