१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपाली टोली कुवेतमा : अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइसँग खेल्ने

नेपालब्रिटेन संवाददाता
१७ जेष्ठ २०७८, सोमबार ०४:०२

काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टोली इराकबाट कुवेत प्रस्थान गरेको छ । इराकमा एउटा मैत्रिपूर्ण खेल खेलेपछि टोली गएराति स्थलमार्ग हुँदै कुवेत प्रस्थान गरेको हो । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप फुटबल छनोट अन्तर्गत बाँकी रहेका तिनवटा खेलका लागि नेपाली टिम कुवेततर्फ लागेको हो ।

कुवेतमा नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेल यही बिहिवार चाइनिज ताइपेइसँग हुनेछ । विश्वकप छनौटको एशियाली समूह ‘बी’ मा रहेको नेपालको अर्को चरणमा पुग्ने संभावना सकिसकेको छ ।

यद्दपी बाँकी तीन खेल जिते नेपाल दोस्रो स्थानमा रहन सक्नेछ । नेपालको एसियन कपमा छनोट हुने सम्भावना भने बाँकी छ । नेपाल समूहको चौंथो स्थानमा रहँदा अष्ट्रेलिया शीर्ष स्थानमा छ ।