८ बैशाख २०८१, शनिबार
Follow Us

प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सकिन्छ : पूर्वराजा ज्ञानेन्द्र

नेपालब्रिटेन डट कम्
२६ पुष २०७३, मंगलवार १३:५६

काठमाडौ । पृथ्वी जयन्तीका अवसरमा मंगलबार शूभकामना शन्देश जारी गर्दै पुर्व पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले राजगद्दी त्यागेको एक दशक नवित्दै नेपाल नरहने अवस्थामा पुगेको भन्दै चिन्ता प्रकट गरेका छन् ।

शाहले चारवर्ण छत्तीस जातको साझा फुलवारीको रूपमा रहेको मूलूकका शान्तिप्रिय जनताबीचको एकता विथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दूर्वल तूल्याउने काम भइरहेको भन्दै दलहरुप्रति चर्को असन्तुष्टि जनाएका छन् ।
उनले ‘भौगोलिक एवं क्षेत्रीय अखण्डातामाथि प्रहार गर्ने कार्यमा जो जसले विषारोपण गरेको भए तापनि तिनले नेपाल र नेपाली विरुद्ध अक्षम्य अपराध गरेका छन् ।’ भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।

पुर्व राजा शाहले जारी गरेको शुभकामना सन्देशमा देश कसैको क्रिडास्थल नहुने र हून दिइनू हूंदैन भन्ने सोचका साथ देशभक्त नेपालीहरूले एकताबद्ध भई सद्भाव, देशभक्ति र आपसी एकता तथा प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सक्दछ भन्ने आफ्नो धारणा रहेको बताएका छन् । यसअघि पनि पूर्वराजा शाहले पुस ६ गते दलहरुमाथि कटाक्ष गर्दै कडा विज्ञप्ति निकालेका थिए ।