११ बैशाख २०८१, मंगलवार
Follow Us

युरोकपः डेनमार्क विरुद्ध फिनल्याण्ड विजयी

नेपालब्रिटेन संवाददाता
३० जेष्ठ २०७८, आईतवार ०५:३६

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको हो ।

युरोकपको समूह बी अन्तर्गत फिनल्याण्ड विरुद्धको खेलमा डेनमार्कका मिडफिल्डर क्रिष्टियन एरिक्सन मैदानमै ढलेका थिए । खेलको ४३औं मिनेटमा बललाई हेड गर्न खोज्दा लडेर मैदानमै बेहोस भएपछि चिकित्सकको टोलीले मैदानमै उनलाई सिपीआर दिइएको थियो ।

हृदयघात भएको अनुमानमा चिकित्सकको टोलीले उपचार गर्दै अस्पताल पुर्‍याएका थिए । मैदानमै होस गुमाएपछि खेल स्थगित गरिएको थियो । तर अस्पताल पुर्‍याएर थप उपचारपछि उनको होस खुले लगत्तै खेल पुन सञ्चालन गरिएको थियो ।

आफ्नै घरेलु मैदानमा आफ्नो कप्तान गम्भीर घाइते हुँदा डेनमार्कले सोचेअनुसार प्रदर्शन गर्न सकेन । खेलमा ७४औं मिनेटमा पाएको पेनाल्टी समेत गोलमा परिणत गर्न नसकेपछि डेनमार्क फिनल्याण्डसँग पराजित हुन पुगेको हो ।

यता आजै बिहान सम्पन्न खेलमा बेल्जियमले रसियालाई ३-० गोलले पराजित गरेको छ । आज साँझ युरोकपका अन्य दुई खेल हुँदैछन् । जसअन्तर्गत अष्ट्रियाले नर्थ म्यासेडोनियासँग खेल्दैछ भने इङ्ल्याण्डले क्रोसियासँग प्रतिस्पर्धा गर्दैछन् ।