८ बैशाख २०८१, शनिबार
Follow Us

युरोकपः इंग्ल्याण्ड, नेदरल्याण्ड्स र अष्ट्रिया विजयी

नेपालब्रिटेन संवाददाता
३१ जेष्ठ २०७८, सोमबार ०४:०८

लन्डन । युरोकप फुटबलमा इंग्ल्याण्ड, नेदरल्याण्ड्स र अष्ट्रियाले विजयी सुरुवात गरेका छन् । समुह डि को खेलमा इंग्ल्याण्डले क्रोएसियालाई १–० ले हरायो । लण्डनस्थित वेम्बले रंगशालामा भएको खेलमा घरेलु टोली इंग्ल्याण्डलाई विजयी गराउन रहिम स्टर्लीङले निर्णायक गोल गरे ।

उता समुह सि को खेलमा नेदरल्याण्ड्सले युक्रेनमाथि ३–२ को जित निकाल्दा अष्ट्रियाले उत्तरी मेसेडोनियालाई ३–१ ले पराजित ग¥यो । युरोपका विभिन्न ११ शहरमा भईरहेको युरोकप फुटबलमा आज पनि तिन खेल हुनेछन् ।

आज नेपाली समय अनुसार साँझ पौने ७ बजे हुने खेलमा स्कटल्याण्ड र चेक गणतन्त्र भिड्नेछन् । यसैगरी बेलुकी पौने १० बजे पोल्याण्ड र स्लोभाकिया भिड्दा राती पौने १ बजे स्पेनले स्विडेनसँग खेल्नेछ ।