१२ बैशाख २०८१, बुधबार
Follow Us

जहाँ प्रत्येक ३६ सेकेन्डमा एक बलात्कार

नेपालब्रिटेन डट कम्
२८ पुष २०७३, बिहीबार ०८:४८

लन्डन । महिला असुरक्षाका दृष्टिले सबैभन्दा खतरनाक मुलुक कुन होला ? धेरैको मनमा कौतुहल लाग्न सक्छ । मानवअधिकार सम्बन्धी राष्ट्रसंघीय निकायले जारी गरेको एक तथ्यांक अनुसार महिलाका लागि सबैभन्दा असुरक्षित मुलुक दक्षिण अफ्रिका हो ।

दक्षिण अफ्रिकामा प्रत्येक ३६ सेकेन्डमा एक महिला बलात्कारको शिकार हुने गरेको बताइन्छ । गत वर्ष अर्थात् सन् २०१६ मा दक्षिण अफ्रिकामा ५४ लाख ६ सय ४० बलात्कारका घटना प्रकाशमा आएको छ ।

सबैभन्दा बढी १० देखि १५ वर्ष उमेर समूहका बालिका बलात्कारको शिकार हुने गरेको सो तथ्यांकमा उल्लेख छ । महिला असुरक्षाका दृष्टिले दोस्रो नम्बरमा अफ्रिकी मुलुक बोत्सवाना रहेको छ । करिब २३ लाख जनसंख्या रहेको यो मुलुकमा वर्षेनि प्रति एक लाख जनसंख्यामा बलात्कारका घटना ९ हजार दुई सय रहेको छ ।

तेस्रो नम्बरमा अफ्रिकी देश लेसोथो रहेको छ । करिब २२ लाख जनसंख्या रहेको यो मुलुकमा वर्षेनि प्रति एक लाख जनसंख्यामा २ हजार तीन सय बलात्कारका घटना हुने गरेको छ ।