८ बैशाख २०८१, शनिबार
Follow Us

युरोकपः इंग्ल्याण्ड, क्रोएसिया र चेक रिपब्लीक नक आउट चरणमा

नेपालब्रिटेन संवाददाता
९ असार २०७८, बुधबार ०५:५३

युरोकप फुटबलमा गएराति इंग्ल्याण्ड र क्रोएसिया विजयी भएका छन् । लण्डनस्थित वेम्बले रंगशालामा भएको खेलमा इंग्ल्याण्डले चेक रिपब्लीकलाई १–० ले हरायो ।

इंग्ल्याण्डका लागि राहिम स्टर्लीङले निर्णायक गोल गरे । यही समूहको अर्को खेलमा क्रोएसियाले स्कटल्याण्डलाई ३–१ ले पराजित ग¥यो ।

क्रोएसियाको जितमा निकोला भ्लासिच, लुका मोड्रिच र इभाँ पेरिसिचले एक एक गोल गरे । गएरातिका खेलहरुपछि समूह ‘डी’ बाट समूह विजेता इंग्ल्याण्ड, उपविजेता क्रोएसिया तथा तेस्रो स्थानमा समेटिएको चेक रिपब्लीक पनि राउण्ड अफ सिक्सटिनमा पुगेका छन् ।

युरोकप फुटबलमा आज समूह चरणका खेलहरु सकिँदैछन् । समूह ‘इ’ र ‘एफ’ का अन्तिम चार खेल आज हुँदैछन् ।

वेलुकी पौने १० बजे स्विडेन र पोल्याण्ड तथा स्लोभाकिया र स्पेन भिड्दैछन् । यसैगरी राति पौने १ बजे फ्रान्सले पोर्चुगलसँग खेल्दा जर्मनीले हंगेरीको सामना गर्नेछ ।

आजका खेलहरुपछि राउण्ड अफ सिक्सटिनमा पुग्न बाँकी अन्तिम चार टोलीको टुंगो लाग्दैछ ।

अहिलेसम्म इटाली, बेल्जियम, नेदरल्याण्ड्स, इंग्ल्याण्ड, वेल्स, डेनमार्क, अष्ट्रिया, क्रोएसिया, स्वीट्जरल्याण्ड, चेक रिपब्लीक, फ्रान्स र स्विडेन नक आउट चरणमा पुगिसकेका छन् ।