१५ चैत्र २०८०, बिहीबार
Follow Us

पोखरामा जमिन फाट्यो, घरहरु चिरिए, भुकम्पजस्तै जमिन हल्लियो (भिडियो सहित)

नेपालब्रिटेन डट कम्
१० असार २०७८, बिहीबार २३:५९

सेति नदी किनारमा रहेको पोखरा १५ रामबजारको जमिन भासिएपछि स्थानीयहरु डरमा बाँच्न बाध्य छन् । पाानी परेको बेला घर नै छोडेर जानु पर्ने अवस्था आउने उनीहरुले बताए । पछिल्लो समय परेका पानीका कारण खानेपानीको पाईप समेत बगाएपछि पानीखाने सुबिधबाट समेत उनीहरु बञ्चित छन् । तल सेती नदि सुसाउँदै बग्छ माथीबाट घर सहित कतिबेला खस्ने हो पत्तो छैन । यो समस्या पहिले देखि कै हो । सरकारलाई भन्दा माटो ल्याएर पुरिदिन्छ हिउदमा थाहा हुँदैन अनि पानी पर्न थालेपछि समस्या उही हुन्छ स्थानीयहरु भन्दै थिए ।
हेर्नुहोस् स्थलगत रिपोर्ट