१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कोपा अमेरिका फूटबलमा उरुग्वेको पहिलो जित

नेपालब्रिटेन संवाददाता
११ असार २०७८, शुक्रबार ०५:१५

काठमाडौं । कोपा अमेरिका फूटबलमा उरुग्वेले पहिलो जित दर्ता गरेको छ । आज बिहान भएको खेलमा बोलिभियालाई २–० गोल अन्तरले पराजित गर्दै उरुग्वेले पहिलो जिता दर्ता गरेको हो ।

खेलको ४० औं मिनेटमा बोलिभियाका कार्लोस लाम्पेको आत्मघाती गोलबाट उरुग्वेले सुरुवाती अग्रता बनाएको थियो । ७९ औं मिनेटमा काभानीले गोल गर्दै उरुग्वेको जीन निश्चित गराए ।

समूह ए मा रहेको उरुग्वे जितपछि ४ अङ्कका साथ तेस्रो स्थानमा छ भने बोलिभिया समुहको पुछारमा छ । जीतपछि उरुग्वे क्वाटरफाइनल प्रवेश गरेको छ । समूह ए कै अर्को खेलमा अहिले पाराग्वेले चिलीलाई २-० हराएको छ । यो समूहमा अर्जेन्टिना ७ अङ्कका साथ शीर्ष स्थानमा छ ।