११ बैशाख २०८१, मंगलवार
Follow Us

युरोकपको नकआउट चरणका खेलहरु आजबाट शुुरु हुँदै

नेपालब्रिटेन संवाददाता
१२ असार २०७८, शनिबार ०५:५७

१६ औं संस्करणको युरोकप फूटबलको नकआउट चरण अर्थात् अन्तिम १६ का खेलहरु आजबाट शुरु हुँदैछ ।

नकआउट चरणअन्तर्गत आज राति दुई खेल हुँदैछन् । पहिलो खेलमा वेल्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा इटाली र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ । नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुने वेल्स र डेनमार्कबीच खेल राति ९ : ४५ बजे शुुरु हुनेछ ।

डेनमार्क समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । डेनमार्कले ३ खेलमा ३ अङ्क जोडेको थियो । समूह चरणको पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १–० ले पराजित भएको थियो ।

यस्तै दोस्रो खेलमा डेनमार्कले बेल्जियमसँग २–१ ले पराजित भएको थियो । तर, अन्तिम खेलमा रुसलाई ४–१ गोल अन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेता बनेको हो ।

दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । इटाली र अष्ट्रियाबीच अहिलेसम्म १३ पटक प्रतिस्पर्धा भएको छ । इटालीले अष्ट्रियासँग हार्नु परेको छैन । इटालीले अष्ट्रियाविरुद्ध १० खेल जित्दा ३ खेल बराबरी खेलेको छ ।