७ बैशाख २०८१, शुक्रबार
Follow Us

यूरोकपः वेल्सको पोस्टमा डेनमार्कको ४ गोल

नेपालब्रिटेन संवाददाता
१३ असार २०७८, आईतवार ०४:००

लन्डन । डेनमार्क युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिवार राति भएको खेलमा वेल्सलाई हराउँदै डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

डेनमार्कले वेल्सलाई ४–० गोल अन्तरले पराजित गरेको छ । नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा डेनमार्कलाई जित दिलाउन कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम माहेल र मार्टिन ब्रेथवेटले एक एक गोल गरे ।

खेलको २७ औँ मिनेटमा डोलवर्गले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाए भने ४८ औँ मिनेटमा डोलवर्गले दोस्रो गोल गरेका थिए । ८८ औँ मिनेटमा माहेलले गोल गर्दै डेनमार्कलाई ३–० को अग्रता दिलाए । खेलको इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । इन्जुरी समयमा मार्टिनले गोल गर्दै डेनमार्कलाई ४–० को सहज जित दिलाएका थिए ।

यो जितसँगै डेनमार्क अन्तिमा आठमा प्रवेश गरेको छ । अब डेनमार्कले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र चेक रिपब्लिकसँग खेल्नेछ ।