१४ बैशाख २०८१, शुक्रबार
Follow Us

युरो २०२०: पोर्चुगल बाहिरियो, बेल्जियम क्वाटरफाइनलमा

नेपालब्रिटेन डट कम्
१४ असार २०७८, सोमबार ०२:०५

सेभिया । थ्रोगन हेजार्डको गोलको मद्दतमा बेल्जियमले आइतबार युरो २०२० मा पोर्चुगललाई १–० ले हराएर क्वाटरफाइनल यात्रा तय गरेको छ । हारले डिफेन्डिङ च्याम्पियन पोर्चुगल भने प्रतियोगिताबाट बाहिरिएको छ ।

अब अन्तिम आठमा फिफा वरीयताको नम्बर १ टिम बेल्जियमको सामना इटालीसँग हुनेछ । हेजार्डले ४२औं मिनेटमा पेनाल्टी एरियाबाहिरबाट उत्कृष्ट गोल गरेका हुन् । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो खासै चम्कन सकेनन् ।

पहिलो हाफमा उनले फ्रिकिकको अवसर पाए पनि त्यो निर्णायक हुन सकेन । यस क्रममा ३६ वर्षीय रोनाल्डोको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बनाउने सपना पनि पूरा हुन सकेन । इटालीको सामना गर्नुअगाडि बेल्जियमका लागि एडेन हेजार्डको चोट भने चिन्ताको विषय हुनेछ । उनी चोट बोक्दै दोस्रो हाफमा मैदान छाड्न बाध्य भएका थिए ।