७ बैशाख २०८१, शुक्रबार
Follow Us

इंग्ल्याण्ड क्वार्टरफाइनलमा

नेपालब्रिटेन डट कम्
१५ असार २०७८, मंगलवार २०:३०

जर्मनीलाई हराउँदै इंग्ल्याण्ड युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्ड २-० गोलले विजयी बनेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा इंग्ल्याण्डलाई जीत दिलाउन राहिम स्टर्लिङ र ह्यारी केनले एक-एक गोल गरे । स्टर्लिङले खेलको ७५ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने केनले ८६ औँ मिनेटमा गोल गर्दै जीत सुनिश्चित गरे । यसअघि जर्मनीका लागि थाेमस मुलरले गोलको सुन्दर अवसर गुमाएका थिए ।

इंग्ल्याण्डले कुनै मुख्य प्रतियोगितामा जर्मनीलाई हराएको सन् १९६६ यता पहिलो पटक हाे । अब इंग्ल्याण्ड युक्रेन र स्वीडेनबीचको विजेतासँग क्वार्टरफाइनलमा भिड्नेछ ।