१३ बैशाख २०८१, बिहीबार
Follow Us

जेपी नेम्बाङको ‘सिरापधाङ’ (भिडियोसहित)

नेपालब्रिटेन डट कम्
२९ पुष २०७३, शुक्रबार ११:१२

काठमाडौ । गायक तथा संगीतकार जेपी नेम्बाङ लिम्बू भाषाको गीत तथा भिडियो लिएर आएका छन् । ‘सिरापधाङ’ बोलको गीतलाई जेपीले भिडियोमा सार्वजनिक गरेका हुन् ।
‘सिरापधाङ’ गीतको भिडियोलाई दिनेश माङ्मु लिम्बूले निर्देशन गरेका हुन् । भिडियोमा लिम्बू भाषा, संस्कृति र भेषभूषा भिडियो झल्काएको छ । यस भिडियोमा गायक जेपीका अलावा सिर्जना तबेबुङ र सालु फेम्बोले अभिनय गरेका छन् ।
अन्छुमे नाशनको शब्दरचना रहेको यस गीतमा जेपीकै संगीत रहेको छ भने म्युजिक एरेञज अशोक लोहरुङ राईले गरेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको ‘सिरापधाङ’ भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
जेपी करिब ८ वर्षयता संगीतकर्ममा छन् । उनले यहाँसम्म आइुपग्दा लिम्बू भाषाका अलावा विभिन्न आधुनिक तथा चलचित्रहरुमा स्वर तथा संगीत गरिसकेका छन् । आफ्नो यो पछिल्लो लिम्बू संस्कृति बोकेको गीतको भिडियो सार्वजनिक गरेपछि जेपीले भने, ‘यो गीतबाट मैले धेरै आशा गरेको छु ।’ उनको संगीत रहेको नेपाली चलचित्र ‘तारेभीर’ र ‘बेली’ प्रदर्शनको तयारीमा रहेको छ ।