१३ बैशाख २०८१, बिहीबार
Follow Us

ब्राजिल कोपा अमेरिकाको फाइनलमा

नेपालब्रिटेन संवाददाता
२२ असार २०७८, मंगलवार ०५:३५

ब्राजिल कोपा अमेरिकाको फाइनलमा पुगेको छ । आज सम्पन्न पहिलो सेमीफाइनलमा पेरुलाई ०-१ गोलले पराजित गर्दै आयोजक तथा डिफेन्डिङ च्याम्पियन ब्राजिल फाइनलमा पुगेको हो । निकै रोचक प्रतिष्पर्धाको ३५ औ मिनेटमा ब्राजिलका लुकास पाक्वेटाले गरेको एकमात्र गोल निर्णायक बन्यो ।

प्रतिष्पर्धाको सुरुदेखि नै पेरुमाथि दवदवा जमाएको ब्राजिलको फाइनल खेल अब कोलम्विया र अर्जेन्टीनाबीचको विजेतासँग हुनेछ । कोलम्विया र अजेन्टिनाबीचको अर्को सेमीफाइनल खेल भोलि हुँदैछ । दक्षिण अमेरिकामा फुटबलको बादशाह मानिने ब्राजिल र अर्जेन्टिनाबीच नै फाइनल भेट हुने अनुमान धेरै फुटबलप्रेमीहरुको छ ।