८ बैशाख २०८१, शनिबार
Follow Us

अर्जेन्टिना फाइनलमा

नेपालब्रिटेन संवाददाता
२३ असार २०७८, बुधबार ०५:२५

कोपा अमेरिका २०२१ अन्तर्गतको दोस्रो सेमिफाइनल खेल आज बिहान सम्पन्न भएको छ । बिहान नेपाली समय अनुसार ६.४५ बजेबाट सुरु भएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गरेको हो ।

खेल सुरु भएको सातौं मिनेटमा अर्जेन्टिनाले गरेको गोलले लिएको अग्रतालाई दोस्रो हाफको ६१औं मिनेटमा कोलम्बियाले गोल गर्दै खेल बराबरीमा टुङ्गिएपछि पेनाल्टी सुटआउटमा गएको हो ।

पेनाल्टी सुटआउटमा अर्जिन्टिनी गोल रक्षकले तीनवटा महत्वपूर्ण प्रहारलाई गोल हुनबाट बचाउ गरेपछि अर्जेन्टिनाले कोपा अमेरिकाको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई ३-२ ले पराजित गरेको हो ।

अब अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को फाइनल खेल ब्राजिलसँग जुलाई ११ मा खेल्नेछ ।