१५ बैशाख २०८१, शनिबार
Follow Us

२८ वर्षपछि जित्यो अर्जेन्टिनाले कोपा अमेरिका उपाधि

नेपालब्रिटेन संवाददाता
२७ असार २०७८, आईतवार ०२:३४

रियो दि जेनेरियो । कोपा अमेरिका-२०२१ को उपाधि अर्जेन्टिनाले जितेको छ। ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका उपाधि चुमेको हो ।

रियो दि जेनेरियो स्थित माराकाना स्टेडियमा आज बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा उपाधि जितेको हो ।

खेलको २१ औँ मिनेटमा डि मारियाले गरेको गोल नै अर्जेन्टिनाका लागि उपाधि चुम्ने एक मात्र गोल बन्यो । आजको खेलमा विश्व चर्चित दुई खेलाडी मेसी र नेइमार दुई अलग टिमबाट खेलेकै कारण दर्शकहरुको खास चासो बढेको थियो ।