१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मेस्सी बार्सिलोनामै

नेपालब्रिटेन संवाददाता
३१ असार २०७८, बिहीबार ०५:३०

काठमाडौं । लियोनल मेस्सीले बार्सिलोनामै रहने भएका छन् । ३४ वर्षीय मेस्सीले सन् २ हजार २६ सम्म बार्सिलोनामै बस्ने गरी नयाँ सम्झौता गर्ने भएका हुन् । नयाँ सम्झौताका लागि मेस्सी र बार्सिलोनाबीच मौखिक सहमति भइसकेको बताइएको छ ।

सम्झौतामा उनको तलब पहिले पाइरहेको भन्दा ५० प्रतिशतले घट्ने जनाइएको छ । कोभिडका कारण आर्थिक समस्यामा रहेको बार्सिलोना र मेस्सीबीचको औपचारिक सम्झौता जुन महिनाको ३० तारिखमा सकिएको थियो ।

त्यसपछि उनी दुई साता फ्रि एजेन्ट भएर बसेका थिए । यद्यपि जोन लापोर्टा बार्सिलोनाका अध्यक्ष चुनसएपछि मेस्सीले बार्सिलोनामै बस्ने इच्छा देखाएका थिए । मेस्सी सन् दुई हजारदेखि नै बार्सिलोनासँग आबद्ध छन् ।

उनले २ हजार ४ मा सिनियर टोलीमा डेब्यु गरेका थिए । बार्सिलोनाको एकेडेमीबाट आएको मेस्सीले क्लबका लागि सात सय ७८ खेलमा ६ सय ७२ गोल गरिसकेका छन् । ६ पटकको बालोन डीुओर विजेता मेस्सीले बार्सिलोनाबाट सबै उपाधि जितिसकेका छन् ।

उनको कप्तानीमा क्लबले १० पटक ला लिगा, ४ पटक च्याम्पियन्स लीग र सात पटक कोपा डेल रे को उपाधि जितिसकेको छ ।

यस्तै बार्सिलोना एन्टोनी ग्रिजम्यानलाई एट्लेटिको मड्रिडका मिडफिल्डर साउल निगुइजसँग साट्ने प्रस्ताव पनि गरेको छ ।