१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘गोर्खाकप’ मा एनआरएनएको चुनावी रनौक (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१० श्रावण २०७८, आईतवार १०:५५

लन्डन । तमुधिं यूकेको आयोजनामा शनिवार अल्डरसटको क्वीन्स एभिन्यूमा सम्पन्न गोर्खाकपमा दिनैभर एनआरएनएको निर्वाचनले चर्चा पायो । गैरआवासीय नेपाली संघको अक्टोवरमा हुने निर्वाचनका प्रत्यासीहरु र ३१ जुलाइमा हुने एनआरएनए यूकेका उम्मेदवारहरु मतदाताको मन जित्न गोर्खाकप हेर्न पुगेका थिए ।

बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षकै ठूलो खेल इभेन्ट ‘गोर्खाकप’ को १९ औं संस्करणमा पुगेका उम्मेदवारहरुको प्रचार शैली समेत छुट्टै थियो । एनआरएनए यूकेका अध्यक्षका प्रत्यासीहरु रोजीना प्रधान राई, दिपक श्रेष्ठ र प्रेमगाहा मगरले आआफ्ना स्टल राखेर चुनावी प्रचारप्रसार गरेका थिए ।

उनीहरुले समूहगत रुपमा भोट माग्दै हिडेका थिए । संघको केन्द्रीय नेतृत्वको लागि चर्चामा रहेका कुल आचार्य, कृष्ण तिमल्सीना, रामशरण सिमखडा लगायत चुनावी माहोलमा होमिएका थिए । आचार्य संघको अध्यक्ष, तिमल्सीना यूरोप संयोजक र सिमखडा सचिव पदका लागि आकांक्षी हुन् ।

कार्यक्रम स्थलमा दर्जनौंको संख्यामा राखिएका खाना, व्यवसाय तथा नेपाली सामग्री र च्यारिटी स्टलहरुमा उम्मेदवारहरु झुम्मिएका देखिन्थे ।

शनिवार साँझ सम्पन्न प्रतियोगितामा मुख्य विधातर्फ सहभागी कुल ३२ टीममध्ये सर्वोत्कृष्ट हुँदै ‘एलजी लायन्स’ ले उपाधि हात पारेको थियो ।