१५ बैशाख २०८१, शनिबार
Follow Us

२० देशमा एनआरएनएको नेतृत्व सर्वसम्मत, ३१ जुलाइसम्म सबै देशमा नयां नेतृत्व

नेपालब्रिटेन डट कम्
१० श्रावण २०७८, आईतवार १२:५९

लण्डन । गैर आवासीय नेपाली संघको तीन दर्जन देशका अध्यक्षहरु निर्विरोध निर्वाचित भएका छन् ।
अक्टोवरमा सम्पन्न हुने गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनको लागि जारी राष्ट्रिय समितिको निर्वाचनमा हालसम्म २० देशमा नयां नेतृत्व सर्वसम्मत भएको हो ।
तीन वटा देशमा निर्वाचनको माध्यमबाट नयाँ नेतृत्व चयन भएको छ । नयाँ नेतृत्व चयनका लागि थाइल्याण्ड, फ्रान्स, बेल्जियम र जर्मनीमा आइतवार निर्वाचन हुदैछ ।

एनआरएनए बेलायत, अष्ट्रेलिय, युएई, स्पेन लगायतका देशमा आगामी साता निर्वाचन हुदैछ ।

सर्वसम्मत नेतृत्व चयन भएका देशहरु

१. स्वीडेन -राजकुमार पाठक
२. फिनल्याण्ड -शेखर आचार्य
३. इजरायल- गणेश गिरी
४. युगान्डा -बिनोद थापा
५. कुवेत -राणाध्वज लामा
६. आयरल्याण्ड- बिनोद कार्की
७. टर्की -उज्जल कुमार घिसिङ
८. सेल्सेल्स- मनोज विक
९. कंगो -अृमत क्षेत्री
१०. इटली -छविलाल कँडेल्
११. एनआरएन हङकङ- गोकर्ण ढकाल
१२. केन्या- कृष्ण प्रसाद गैरे
१३ मलेसिया- बिनोद कुमार थापा
१४. कोरिया -दीपक पुन
१५. म्यानमार- देवेन्द्र नौलखा
१६. घाना- रोशन श्रेष्ठ
१७. लक्जेम्वर्ग -हरि खत्री
१८. स्वीटजरल्याण्ड- एल्मर लामा
१९. कतार- मोहम्मत -मुक्तदा मुसलमान
२०. ओमान -विकल झा


निर्वाचनको माध्यमबाट नयाँ नेतृत्व चयन भएका देशहरु

२१. अमेरिका -बुद्धि सागर सुवेदी
२२. पोल्याण्ड -जीवन केसी
२३. बहराईन- लक्ष्मी गिरी