७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए बेल्जियम चुनावः मतदानकेन्द्रमा आक्रमण, मतपेटीकामा पानी खन्याइयो, एक जना घाइते (भिडियो)

नेपालब्रिटेन डट कम्
१० श्रावण २०७८, आईतवार १६:०५

लण्डन । गैरआवासीय नेपाली संघ बेल्जियमको एक निर्वाचन क्षेत्रमा रहेको मतपेटीका पानी खन्याइएको छ ।

संघको नयां नेतृत्वका लागि जारी निर्वाचन सम्पन्न हुनु आदी घण्टा अघि अध्यक्षका प्रत्यासी भट्टको समूहले एन्थ्रोप मतदान केन्द्रमा आक्रमण गरेको हो ।

अध्यक्षकी प्रत्यासी अनुजा प्रधानका अनुसार प्रत्यासी सिपी भट्टका छोरा सहितको टोलीले मतदन केन्द्रमा आक्रमण गर्दै मतपेटीकामा साबुन पानी हालेर भागेका थिए ।

आक्रमणकारीले मतदान स्थलमा तोडफोड समेत गरेका छन् । आक्रमणकारी केही विदेशी समेत भएको आसंका गरिएको छ । मतदान केन्द्रमा झडप हुंदा एनआरएनए बेल्जियमकी सदस्य शारदा अर्याल घाइते भएकी छन् ।

मतदान स्थलमा रक्ताम्य भएको छ । संघको नेतृत्वको लागि अनुजा प्रधान, सिपी भट्ट र खड्क केसी चुनावी मैदानमा छन् । भट्ट जनसम्पर्क समिति बेल्जियमको आधिकारीक उम्मेदवार हुन् ।

घट्ना स्थल