१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए स्पेनको अध्यक्षमा शालिकराम डुम्रे विजयी

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७८, सोमबार २०:४३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको अध्यक्षमा शालिकराम डुम्रे विजयी भएका छन् । सोमवार अनलाइन मार्फत सम्पन्न निर्वाचनमा अर्का प्रत्यासी उत्तरकुमार राईलाई पराजित गरेका हुन् । डुम्रेले १०१८ र राईले ८६३ मत प्राप्त गरे । संघको उपाध्यक्षमा सोनु राउत, कृष्णराम रानाभाट, सृजना लामिछाने, रोशन पाठक, महासचिवमा बिदुर गौतम लगायतले जित हासिल गरे ।

एनआरएनए स्पेनको नयां कार्यसमितिमा विजयी हुनेहरुः

अध्यक्ष – शालिकराम डुम्रे
उपाध्यक्ष (खुल्ला) – सोनु राउत र कृष्णराम रानाभाट
उपाध्यक्ष (महिला) – सृजना लामिछाने
उपाध्यक्ष (क्षेत्र) – रोशन पाठक
महासचिव – बिदुर गौतम
सचिव (खुल्ला) – अरुण घिमिरे र एन. के. भट्टराई
सचिव (म्याड्रिड क्षेत्र) – सुन्दरी लामा
कोषाध्यक्ष – शन्त बहादुर क्षेत्री
युवा संयोजक – मनुश जंग खड्का

आईसीसी सदस्यहरु – दिनेश कुमार गिरी र प्रकाश तिमिल्सिना

त्यस्तै निर्बिरोध निर्बाचित हुनु भएका –
सचिव (ग्रान कानारिया क्षेत्र) – दिप श्रेष्ठ
सचिव (पाईस भास्को क्षेत्र) – दिपेन्द्र अर्याल
सहकोषाध्यक्ष – शिब प्रसाद पौडेल
महिला संयोजक – देवी कुमारी भण्डारी
सदस्यहरु – ईमा सापकोटा भट्ट, जमुना देवी शर्मा, प्रकाश पुरी, कमल पराजुली, दिल बहादुर थापा