१५ चैत्र २०८०, बिहीबार
Follow Us

‘इमान्दारिताका नमूना डिएन खराल’

नेपालब्रिटेन डट कम्
१४ श्रावण २०७८, बिहीबार ०७:२१

लण्डन । हरेक अभिभावकको चाहाना हुन्छ कि आफ्ना सन्तान आफूले देखाएको मार्ग र सिकाएको संकारमा खरो उत्रिन सकूँन् । तर अभिभावकको चाहना र सन्तानको मनोभावना उत्ति मेल खाएको भयो कमै मात्रै पाइन्छ । तर गुल्मीका धतानन्द खराल (डिएन) यस्ता पात्र हुन् जसले अभिभावकको चाहना मात्रै पूरा गरेनन् समाजमै एक असल व्यक्तिको रुपमा आफूलाई स्थापित गर्न सफल भए । अरु केही गर्न सके–नसके पनि जीवनमा इमानदार र असल बन्नुपर्छ भन्ने बुबाआमाको भनाईलाई यिनले गुरुमन्त्र नै बनाए ।

भनिन्छ समाजसेवाका लागि स्फटिक जत्तिकै कञ्चन मन चाहिन्छ र रगतमा सेवा भावको संस्कार पनि । बुुवा शिवलाल र आमा मनकला खरालकै संस्कारले नै हो घतानन्दलाई समाजसेवाको रस पसेको । गुल्मीको साबिको गाउँपालीका आपचौरदेखि यूकेसम्म आइपुग्दा पनि डिएनले आफ्ना बुबाआमाले देखाएको इमान्दारिताको मार्ग यिनले कहिले बिराएनन् ।

गाउँमै विद्यालय तह सकेर पहिलो पटक विसं २०५६ सालमा वुटवल झरेका थिए डिएन ।

मानिसले जीवनमा सोचेकै मात्रै हुन्छ भन्ने हुँदैन । यस्तै भयो डिएनको जीवनमा पनि । भारतको नयां डिल्लीबाट सफ्वेयर इन्जिनियरिङको लागि त्यतिबेलै चर्चित ब्राण्डेड कम्पनी टोसिवामा दुई वर्षे कोर्ष पूरा गरेर इन्जिनियर बन्ने तरखरमा रहेका डिएनलाई बेलायतको सपनाले छोयो ।

भइदियो के भने, यिनका दाजु शेशकान्त खराल बेलायतमै थिए । भाइको उच्चशिक्षाका लागि बेलायत भन्दा राम्रो विकल्प उनले त्यतिबेला सोचेनन् र भाइ डिएनलाई बेलायत बोलाए ।

डिएन पनि दाजुको बोलावटमा बेलायत हानिए बेलायत आउने निर्णय नै उनको जीवनको टर्निङ पोइन्ट बन्यो ।

बेलायत उड्नु अघि नै उनले होटल म्यानेजमेन्टको कोर्ष पनि सुरु गरेका थिए । तर बीचमै भिसा आयो र उनी बेलायत गएका थिए ।

ग्लास्गोमा सामान्य रेष्टुरेन्टमा ७ वर्ष काम गरेर पछि डिएनलाई आफ्नै केही गर्नुपर्छ भन्ने हुटहुटीले झक्झकाउन थाल्यो । नभन्दै छिट्ट दाजु शेषकान्त खरालसँग मिलेर आफ्नै रेष्टुरेन्टको मालिक पनि बने ।

मान्छे एकपछि अर्को सफलताको भोको हुन्छ । सायद यसैले पनि होला एउटै पेशामा लामो समय रहँदा यिनलाई थप नयाँ केही गरौँ भन्ने भावना पलायो । तब यिनले बेलायतमै ड्राइभिङ स्कुल खोले । अहिले डिएन सफल डाइभिङ स्टक्चरका रुपमा वेष्टमिडल्याण्ड क्षेत्रमा चर्चित छन् ।

वास्तवमै सफलताको बीउ र पहिलो सर्त भनेकै इच्छाशक्ति हो । हाम्रा इच्छा र आंकाक्षाहरु नै सम्भावनाको सम्वाहक हुन् । हाम्रो सपनालाई छेक्ने ताकत ’आफै’ बाहेक यो दुनिया“मा अर्को छैन । इच्छाशक्ति, आत्मविश्वास र लगन जोड्ने हो भने हामी जस्तोसुकै विषम परिस्थितीका बाबजुद पनि सफलताको उचाईसम्म पुग्न सक्छौ“ । डिएनले मानेको सत्य पनि यही नै हो ।

यिनमा रहेको अथाह इच्छाशक्तिले नै यिनलाई व्यवसायमा मात्रै होइन सामाजिक कार्यमा पनि सफल साबित गरेको छ ।

डिएन सफलतालाई गौढ अनि त्यसका लागि गर्ने कर्मलाई नै वास्तविक सफलता मान्छन् । निश्चित समयसम्म एउटै कर्ममा तनमन लगाएर काम गरे कसैले असफलता व्यहोर्नु नपर्ने यिनी बताउ“छन् ।

डिएन आफ्नो सफलताको श्रेय आफू मात्रै लिँदैनन् बरु यसका लागि सह–सारथीको रुपमा सदैव हौसला र प्रेरणा प्रदान गरिरहँने आफ्नी पत्नी मन्जु खरालप्रति कृतज्ञ छन् ।

भनिन्छ छ नि, सफल पुरुषको पर्दा पछाडी असल नारीको भूमिका अहम हुन्छ । हो, डिएनलाई यो कथन बहुत शाश्वत लाग्छ । जीवनका कयौँ मोडमा आफू विचलित हुँदा पनि पत्नी मञ्जुले सम्हालेको प्रहर, अनि दिएको साथले नै आफूलाई थप मजबुत बनाएको यिनी बताउँछन् । दुईवटी छोरीहरु दिया र दृष्टिलाई यिनी बेलायतमा हुर्किदैँ गरेका दोस्रो पुस्ताको ऐना ठान्छन् तब त दोस्रो पुस्ताका लागि केही पृथक गर्ने सोच पाल्छन् ।

बेलायतमा गरेको मिहेनतले बिस्तारै रंग ल्याउन थाल्यो । डिएनको जीवनशैली परिवर्तन हुँदै गयो । आफू सफलताको शिखरमा पुग्दै गर्दा डिएनले आफू जस्तै संघर्ष गरिरहेका बेलायतस्थित नेपालीलाई पनि बिस्तारै अघि बढाउँदै गए । सामाजिक सेवाको बीज यिनमा बाल्यकालदेखि नै रोपिएकोले पनि होला बिस्तारै यिनको झुकाव सामाजिक सेवातर्फ पनि ढल्किँदै गयो । ग्लास्कोमा रहँदा नेपाली समुदायको हितका लागि डिएनको भूमिका अब्बल रह्यो ।

नेपाली समुदायप्रति थप उदार एवं समर्पित भएर लाग्ने यिनको चाहना छ । सन् २०१५ को संघको निर्वाचनमा उनले पहिलो पटक भाग लिए । प्रष्ट वक्ताको रुपमा परिचित डिएनलाई कतिपयले एनआरएनएको आचोलकको रुपमा समेत लिने गरेका छन् । तर डिएन भन्छन्, “म संघको आलोचक होइन्, त्यसभित्र व्याप्त गलत प्रवृत्तिको आलोचक मात्रै हुँ ।”

एनआरएन अभियान नितान्त सेवा भावका साथमा गर्नुपर्ने डिएनको भनाई छ । संघले धनाढ्यको मात्रै होइन विदेशमा रहेका हरेक नेपालीले अपनत्व महसुस गर्न सकने खालको बनाउनुपर्नेमा यिनले सुरुवातदेखि नै खबरदारी गर्दै आएका छन् । यिनी व्यक्ति भन्दा पनि संघको साख बलियो बनाउनुपर्नेमा जोड दिने पात्र हुन् ।

सेवाका लागि कुनै पद चाहिँदैन भन्ने लाग्छ यिनलाई । तर एनआरएनको अभियान बृहत भएकोले एक्लै होइन सामुहिक सहकार्य नै आवश्यक हुने ठान्छन् । यसै कुरालाई मनन गर्दै आफूले यसपालि एनआरएन यूकेको सचिवको जिम्मेवारी लिने चाहना राखेको बताउँछन् ।

प्रष्ट भिजनसहित डिएनले आफ्नो उम्मेदवारी अघि सारेका छन् । विदेशमा रहेका हरेक नेपालीलाई एनआरएन अभियानमा जोड्ने यिनको पहिलो एजेण्डा हो । त्यसको लागि निःशुल्क उम्मेदवारी र सदस्यतालाई यिनले जोडतोडका साथ अघि सारेका छन् ।