७ बैशाख २०८१, शुक्रबार
Follow Us

मिया खालिफाले गरिन् पतिसँग अलग भएको घोषणा

नेपालब्रिटेन संवाददाता
१४ श्रावण २०७८, बिहीबार १३:५३

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग भएको जानकारी सामाजिक सञ्जालमार्फतै दिएकी छिन् । पूर्व एडल्ट स्टार खलिफाले दुई वर्ष पहिले रोबर्ट सेन्डबर्गसँग विवाह गरेकी थिइन् । उनले आफ्नो विवाहको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी थिइन् ।

दुई वर्षमा उनीहरूको सम्बन्धमा उतारचढाव आइरहे । अहिले भने दुवैले अलग हुने निर्णय गरेको उनको भनाई छ । मियाले लेखेकी छिन्, ‘पूरै यकिनसाथ यो भन्न सक्छु कि हामीले वैवाहिक सम्बन्धलाई बचाउन निकै कोसिस ग-यौँ । करिब एक वर्षको थेरापी र कोसिसपछि थाहा भयो कि हाम्रो एक–अर्काप्रतिको भावना सकिएको छ ।’

उनले अगाडि लेखेकी छिन्, ‘हामी सधैँ एक–अर्कालाई प्रेम र सम्मान दिइरहनेछौँ । किनभने हाम्रा ब्रेकअप कुनै घटनाको कारणले भएको होइन, तर विवाद भने निकै भएको थियो । साथै हामीले एक–अर्कालाई आरोप पनि लगाउने छैनौँ ।’

खालिफाले सन् २०१४ मा पोर्न उद्योगमा पाइला राखेकी थिइन् । यसपछि उनी परिवारबाटै टाढा भएकी थिइन् । सन् २०१६ मा उनले पोर्न उद्योग छाडेकी थिइन् । उनले सन् २०१९ मा रोबर्टसँग विवाह गरेकी थिइन् ।