१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए युकेमा अनलाइन भोटिङ कसरी गर्ने ?

नेपालब्रिटेन डट कम्
१४ श्रावण २०७८, बिहीबार १८:२४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको शनिवार हुने अनलाइन मतदानको लागि डमो सार्वजनिक गरिएको छ । एनआरएनए युके निर्वाचन समितिका संयोजक महेन्द्रराज कंडेलका अनुसार बेलायतको प्रतिष्ठित कम्पनी च्वाइस भोटिङ कम्पनीले मतदानको व्यवस्थापनको जिम्मा लिएको छ । मतदान शनिवार बिहान १२ बजे देखी बेलुका १२ बजे सम्म हुने। निर्वाचन समितिले जनाएको छ । संघको नेतृत्वको लागि अध्यक्षमा रोजीना प्रधान राई, प्रेमगाहा मगर र दीपक श्रेष्ठले उम्मेदवारी दिएका छन् । ३५ पदको लागि ६० भन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् ।