१४ बैशाख २०८१, शुक्रबार
Follow Us

फेरि लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

नेपालब्रिटेन संवाददाता
१५ श्रावण २०७८, शुक्रबार १४:११

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढेको भन्दै फेरि स्मार्ट लकडाउनको सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बेलुका सिंहदरबामा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो । सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाका अनुसार स्मार्ट लकडाउनको प्रस्ताव भएको र अर्को बैठकमा टुंगोमा पुग्ने भएको छ ।