७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए यूके निर्वाचन सोमवारसम्मको लागि स्थगित (विज्ञप्ति)

नेपालब्रिटेन डट कम्
१५ श्रावण २०७८, शुक्रबार १७:५०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको शनिवार हुने निर्वाचन सोमवारसम्मको लागि सरेको छ।

एनआरएनए यूकेको निर्वाचन समितिका प्रमुख महेन्द्रराज कंडेलका अनुसार निर्वाचन सम्बन्धी प्राविधीक तयारी नपुगे पछि निर्वाचन पछि सार्ने निर्णय गरिएको हो ।

व्यवस्थापनको जिम्मा लिएको भेन्डरले शुक्रवारसम्म मतदाताहरुलाई नोटिफिकेशन पठाउनु पर्ने थियो तर मतदाताहरुले इमेल प्राप्त नगरे पछि थप तयारी गर्नु पर्ने अवस्था आएको हो ।

निर्वाचन समितिका अनुसार सोमवार राती १२ बजे पछि मतदान शुरु गर्ने निर्वाचन समितिको तयारी छ । मतदान मंगलवार राती २३.५९ बजे सम्म जारी रहने छ ।

संघको नेतृत्वको लागि रोजीना प्रधान राई, प्रेमगाहा मगर र दीपक श्रेष्ठ चुनावी मैदानमा छन् ।