७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए राष्ट्रिय समितिको निर्वाचन आज सकिदै

नेपालब्रिटेन डट कम्
१६ श्रावण २०७८, शनिबार ०९:०७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सबै राष्ट्रिय समितिको निर्वाचन आज सकिदैछ ।

गैरआवासीय नेपाली संघको संशोधित विधान अनुरुप सबै राष्ट्रिय समितिहरुको (एनसीसी) निर्वाचन ३१ जुलाई भित्र सक्नु पर्ने वैधानिक व्यवस्था रहेको छ ।

क्यानडा, चिल्ली, अष्ट्रेलिया, जर्मनी, नेदरल्याण्ड्स, नर्वे, अस्ट्रिया र फ्रान्स लगायतका देशमा सोमवारभित्र निर्वाचन सम्पन्न हुदैछ ।

यसैबीच गैर आवासीय नेपाली संघ यूकेको निर्वाचन प्राविधीक तयारीको लागि सोमवार सांझसम्मको लागि सारिएको छ ।

निर्वाचन प्रकृया सुरु भैसकेका केही राष्ट्रिय समितिको निर्वाचन अगष्ट पहिलो साता सम्पन्न हुने तयारी रहेको छ ।

गैरआवासीय नेपाली संघका अनुसार तीन दर्जन भन्दा बढी देशमा निर्वाचन सम्पन्न भएको छ । संघको केन्द्रीय महाधिवेशन आगामी अक्टोवर २३ देखी २५ सम्म हुदैछ ।