१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए बोत्स्वानाको अध्यक्षमा शान्ती भण्डारी

नेपालब्रिटेन डट कम्
१६ श्रावण २०७८, शनिबार ०९:११

बोत्स्वाना । दक्षिणी अफ्रीकी भुपेरिवेष्ठित मुलुक बोत्स्वाना एनआरएनएको शुक्रवार सम्पन्न बार्षिक साधारणसभाले श्रीमती शान्ती भण्डारीलाई निर्बिरोध अध्यक्षमा चयन गरेको छ ।

त्यसैगरी तुलसी कामी अन्तर्राष्ट्रिय समितिको सदस्यमा चुनिएका छन् भने नयाँ कार्यसमितिको गोबिन्द प्रसाद कंडेल उपाध्यक्ष, गोपाल बहादुर खड्का महासचिव, जितु बिक कोषाध्यक्ष, इन्दु दाहाल महिलासंयोजक र नारायण प्रसाद दाहाल युवा संयोजक चुनिएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा खुश बहादुर, प्रभा बाँसकोटा, खुश्बु कुमारी बजाज, कृष्ण कंडेल र सिर्जना पन्त रहेका छन् ।

साधारणसभाको अनुगमनकर्ता पूर्वअध्यक्ष डा. बिपी यादव रहेका थिए भने निवर्तमान अध्यक्ष पदम भण्डारीको सभापतित्व रहेको थियो ।

बीस लाख जनसंख्या भएको दक्षिण अफ्रिकाको उत्तरमा रहेको बोत्स्वाना द्रुत गतिले बिकास भइरहेको अफ्रीकी देश हो । सन् १९६० मा प्रति ब्यक्ती आय ६० डलर रहेको बोत्स्वानाको अहिले प्रति ब्यक्ति आय बार्षिक १८,८२५ डलर छ । खनिज ÷ खानी, पशुपालन र पर्यटन यहाँका आम्दानीका मुख्य श्रोत हुन् ।