May 20, 2022
11:03 AM | 3:48 PM
कला तथा मनोरन्जन

हेर्दा हेर्दैमा भुवन रञ्जिताको जोडी

  11/08/2021 मा प्रकाशित

काठमाडौ । नयाँ गीत ‘हेर्दा हेर्दै…’ को म्युजिक भिडियो रिलिज भएको छ । गीतमा सुदन डोटेलको शब्द, सरोज प्याकुरेलको संगीत, मनोहर सुनामको संगीतसंयोजन रहेको छ ।
यो गीतलाई कृष्ण काफ्ले र रिता केसीले गाएका हुन् । भिडियोमा भुवन लोहनी र रञ्जिता ढकालले अभिनय गरेका छन् । रञ्जिताको यो डेब्यु भिडियो हो ।
अमेरिका जस्तो ठाउँमा ब्यस्त जीवन बिताइरहेका युवा निर्देशक सुमन दाहालले फुर्सदको समयमा यो गीतको भिडियो निर्देशन गरेका हुन् । भिडियोमा बिकाश गुरुङको कोरियोग्राफी, भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
‘हेर्दा हेर्दै…’ गीतको म्युजिक भिडियो पवन गौतमले खिचेका हुन् । भिडियो मोडल भुवन लोहनीको जन्मदिनको अवसर पारेर सम्राट क्रियशन युट्युव च्यान मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया