१३ बैशाख २०८१, बिहीबार
Follow Us

आशिषको गाईजात्रे झटारो ‘बालकोटको वार्दली’

नेपालब्रिटेन डट कम्
२७ श्रावण २०७८, बुधबार २१:२९

काठमाडौं । गाईजात्रालाई हास्य र ब्याङ्ग्यको पर्वका रुपमा लिने गरिन्छ । यो दिनलाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री बजारमा आउँने गर्दछन् ।
यस्तैमा आगामी ७ भदौमा परेको गाइजात्रालाई लक्षित गर्दै कलाकार आशिष शाह ठकुरीले ‘बालकोटको वार्दली’ नामक ब्याङ्ग्याले भरिएको गाईजात्रा कोसेली सार्वजनिक गरेका छन् ।
राजनीतिक, आर्थिक, सामाजिक लगायत बिभिन्न बिषयबस्तु समेटिएको ‘बालकोटको वार्दली’मा बर्षभरी घटेका बिषयबस्तु जस्ताको तस्तै ब्याङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको छ । ‘गाइजात्राको मुख्य उद्देश्य भनेको समाजमा रहेको वेथिति विसंगती औल्याउनु हो’ आशिषले थपे ‘त्यहि पेरिफेरिमा रहेर यो पटकको गाईजात्रा तयार गरेको छु ।’
पछिल्लो समय रोजगारीको सिलसिलामा कोरिया पुगेका आशिषले ‘ बालकोटको वार्दली’ उतैबाट सार्वजनिक गरेका हुन् । रेडियो कान्तिपुरको हाँस्यव्यङ्ग्यात्मक कार्यक्रम ‘गज्जब छ बा’, कान्तिपुर टेलिभिजनको हास्य सिरियल ‘ट्वाक्क टुक्क रिर्टन्स’ लगायत थुप्रै सिरियल र स्टेज कार्यक्रममा काम गरेका आशिषको गाइजात्रा कोसेलीमा अर्जुन पौडेलको छायांकन र प्रविण श्रेष्ठको सम्पादन छ । करिव १३ मिनेटको भिडियो सहित सार्वजनिक ‘बालकोटको वार्दली’ व्यङ्ग्यात्मक प्रस्तुति दर्शक तथा श्रोताले मनपराउने अपेक्षा आशिषले लिएका छन् ।