१५ बैशाख २०८१, शनिबार
Follow Us

लन्डन पशुपतिनाथ मन्दिरमा नयाँ कार्यसमिति

नेपालब्रिटेन डट कम्
२७ श्रावण २०७८, बुधबार २२:५३

लन्डन । लन्डनको पशुपतिनाथ मन्दिरमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

आइतबार सम्पन्न मन्दिरको पांचौँ अधिवेशनले दासुराम पाण्डेको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

अध्यक्ष निर्वाचित पाण्डे मन्दिरको स्थापनाकालदेखि नै सक्रिय एक अभियन्ता एवम् ट्रस्टी हुन् । मन्दिरको कार्यसमितिमा उनले कोषाध्यक्ष, सचिव हुँदै यसअघि उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । एनआरएन यूकेमा समेत पाण्डेले कोषाध्यक्ष, सचिव र उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् ।

नयाँ कार्यसमितिमा सरिता पौडेल उपाध्यक्ष, जीवन वाग्ले सचिव, भोजराज कंडेल कोषाध्यक्ष र राधा खरेल सहसचिव निर्वाचित भएका छन् । त्यस्तै, कार्यसमिति सदस्यहरुमा मन्जु गौतम, विष्णु ज्ञवाली, रामकृष्ण अर्याल, शालिक सापकोटा, अर्कराज तिम्सिना, रोमनाथ पाण्डे, हरिप्रसाद ओझा र राधा सापकोटा चुनिएका छन् ।