१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रवासी नेपाली एकता मन्च युकेद्वारा गोरखाहरुको अनसनप्रति ऐक्यवद्धता

नेपालब्रिटेन डट कम्
२७ श्रावण २०७८, बुधबार २३:२०

लण्डन । प्रवासी नेपाली एकता मन्च युकेले समानअधिकार प्राप्तीका लागि गोरखा भूतपूर्व सैनिकहरुले लण्डनमा शुरु गरेको अनसनप्रति समर्थन र ऐक्यवद्धता व्यक्त गरेको छ ।

मन्चका अध्यक्ष भक्त गुरुङ र महासचिव सुरेशजंग शाहले बुधबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै गोरखाहरुको माग अत्यन्त जायज र न्यायसंगत रहेकोले मंचको पूर्ण समर्थन रहेको बताएका छन् । गोरखाहरुको मागलाई यथाशीघ्र पूरा गर्न मंचले बेलायत सरकारलाई माग गरेको छ ।

नेपाल सरकारले पनि आफ्ना नागरिकहरु आफ्नो हकअधिकारका लागि यसरी संघर्ष गरिरहेको विषयलाई गम्भीरतापूर्वक लिई अविलम्ब बेलायतसित वार्ता गर्न टीम गठन गर्न र बेलायतसित समन्वय गर्न मंचले माग गरेको छ।

मंगलबार लण्डन प्रहरीले अनसन स्थलबाट टेण्ट हटाउने, कुर्सी टेबलहरु हटाउने र अनसनकारीलाई दुर्व्यवहार गर्ने जस्ता कार्य गरेकोमा मंचले भर्त्सना गरेको छ ।