१३ बैशाख २०८१, बिहीबार
Follow Us

भूपुगोर्खा आन्दोलनमा प्रहरी दमन मानवअधिकारको हनन् : डा. बद्री केसी, उपाध्यक्ष एनआरएनए

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७८, बिहीबार ०४:२२

लन्डन । बेलायती प्रधानमन्त्री कार्यालयअघि आमरण अनसन बसेका भुपुगोर्खामाथि भएको प्रहरी दमनको गैरआवासीय नेपाली संघले भत्सना गरेको छ । संघको तर्फबाट उपाध्यक्ष डा. बद्री केसीले बुधवार भिडियो सन्देशमार्फत् बेलायतस्थित प्रधानमन्त्री कार्यालयअघि आमरण अनसनमा बसेका भूपुगोर्खामाथि भएको प्रहरी दमन मानवअधिकारको हनन भनेका छन् ।

केसीले नेपालीहरु दुई सय वर्षदेखि बेलायती सेनामा कार्यरत भुपुगोर्खाहरुले सम्राज्य ठूलो पार्न अहमभूमिका रहेको स्मरण गरेका छन् । उनले गोर्खाहरुको रगत र बहादुरीले बेलायती सामराज्य संसारभरि फैलियोको बताउदै समान पेन्सन र अधिकारका लागि लडिरहेका भुपुगोर्खाहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।

उनले आन्दोलनरत गोर्खामाथि बेलायती प्रहरीले गरेको दमनको भत्सना गरेका छन् । उनले गोर्खा आन्दोलनमाथि भएको दमन मानवअधिकारको हनन भएको बताए । गोर्खा आन्दोलनको बारेमा उनले संघको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानार्कषण गराएका छन् ।