१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए अध्यक्षमा रविना थापाको दावी स्वभाविक: नेपाली कांग्रेस

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७८, बिहीबार १३:०८

लन्डन । गैरआवासीय नेपाली संघको आगामी १० औं महाधिवेशन नजिकिदै गर्दा नेतृत्वको लागि रस्साकास्की सुरु भएको छ । संघको नेतृत्व लिन वर्तमान उपाध्यक्षद्वय डा. बद्री केसी र रविना थापाले चुनावी अभियानलाई तीब्र पारेका छन् । अध्यक्षको उम्मेदवारी घोषणा गरेका अर्का उम्मेदवार कुल आचार्य बेलायतमै छन् ।

थापाले आफ्नो उम्मेदवारी घोषणा गरेको एक साता नपुग्दै नेपालमै बसेर चुनावी माहोल तयार पार्न लागेकी छन् । गैरआवासीय नेपाली संघको निर्वाचनमा राजनीतिक दलहरुको भूमिका न्यून हुने अपेक्षा गरी पनि नेपाली कांग्रेस पार्टीको तर्फबाट दलगत उम्मेदवारलाई जिताउन औपचारिक पत्राचार गरेपछि एनआरएनएभित्र राजनीति तरङ आएको हो ।

थापाले काठमाडौं हुँदा प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री पूर्णबहादुर खड्का र गृहमन्त्री बालकृष्ण खाँणलगायतलाई भेटेर गैरआवासीय नेपाली संघका मागहरुलाई निष्र्कषमा पु-याउन आग्रह गरेको नेपाल ब्रिटेन डट कमलाई जानकारी थिइन् । थापाले नेपाली कांग्रेस उच्चस्तरका नेताहरुको भेटमा समेत संघको अभियान र आफ्नो निर्वाचनको तयारी बारेमा जानकारी गराएकी थिइन् ।

भेटको क्रममा पार्टी नेताहरुले उपाध्यक्ष भएको नाताले अध्यक्ष पदमा दावी गर्नु स्वभाविक भएको भन्दै अघि बढ्न सुझाव दिएका थिए । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले समेत लोकतन्त्रवादीहरुलाई एकताबद्ध बनाए चुनावी माहोला तयार गर्न थापालाई सुझाएका थिए । गत निर्वाचनमा अत्याधिक मत ल्याएर संघको उपाध्यक्ष पदको बागडोर समालेकी थापा प्रष्ट वक्ताका रुपमा संघभित्र चिनिन्छन् ।

गैरआवासीय नेपाली संघको विधान संशोधनको क्रममा उनले महिला र युवाहरुको पक्षमा आवाज बुलन्द गरेपछि थप चर्चा बटुलेकी थिइन् । उनकै सक्रियतामा संघको संशोधित विधानमा महिला तथा युवालाई थप पदहरु सिर्जना गरिएको थियो । गैरआवासीय नेपाली संघ अमेरिकाको उपाध्यक्ष पदको जिम्मेवारीसमेत समालेकी थापाले संघको निर्वाचनमा हुने आर्थिक चलखेलको विरोध गर्दै आएकी छन् ।

गैरआवासीय नेपाली संघको महाधिवेशन २३ देखि २५ अक्टोवरमा काठमाडौंमा हुँदैछ । सो अधिवेशनको लागि प्रतिनिधि दर्ता १५ अगष्टभित्र भइसक्नु पर्ने वैधानिक व्यवस्था रहेको छ । संघका विदेशस्थित ६५ भन्दा बढी राष्ट्रिय समितिमा निर्वाचन सम्पन्न भएको छ