१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए ४ सचिव पदमा १५ जनाले उम्मेदवारी दिने सम्भावना

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७८, बिहीबार १५:०९

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १० औं महाधिवेशनमा हुने निर्वाचनमा ४ सचिव पदमा १५ जनाले उम्मेदवारी दिने सम्भावना छ ।

संघको विधानअनुरुप १ महिलासहित ४ पदमा हुने निर्वाचनमा रामशरण सिमखडा (यूके), विनय अधिकारी (युके), प्रविण गुरुङ (कतार), ओम गुरुङ (जापान), गोविन्द गौतम (रुस), गंगाधार गौतम (बेल्जियम), खगेन्द्र न्यौपाने (मलेसिया), नारायण आचार्य (हल्याण्ड), शंखर खड्का (अमेरिका), निमेश गिरी (युएई) नारायण काफ्ले (अष्ट्रेलिया), डा. देबी बस्नेत (कोरिया), पुरुषोत्तम ढकाल (युएसए) को नामचर्चामा रहेको छ । यस्तै महिला सचिवमा भूमा लिम्बु (अष्ट्रेलिया) र टिका गुरुङ ( हङकंङ) को नाम चर्चामा छ ।

संघको अध्यक्ष पदका डा. बद्री केसी, रविना थापा र कुल आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन् ।