१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए प्रतिनिधि दर्ता हुँदै, १५ अगष्टभित्र नआइपुगे निर्वाचनमा भाग लिन नपाउने

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७८, बिहीबार १८:१४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवर तेस्रो साता हुने विश्व सम्मेलनको लागि प्रतिनिधि दर्ता सुरु भएको छ ।

संघका महासचिव डा. हेमराज शर्माका अनुसार बिभिन्न राष्ट्रिय समितिले आफ्ना प्रतिनिधि केन्द्रमा पठाउन थालेका छन् ।

संघको विधानअनुसार केन्द्रीय प्रतिनिधिहरु अगष्ट १५ भित्र अनिवार्य केन्द्रमा दर्ता हुनुपर्ने विधानमा व्यवस्था छ ।

संघले यसअघि नै राष्ट्रिय समितिलाई पत्राचार गर्दै केन्द्रीय अनुगमनकर्ताले भरेको अनुगमन फारम, एनसिसिको विधान, वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गर्न भनेको छ ।

यस्तै संघले पञ्जिकृत सदस्यता शुल्क (मध्यपुर्व), मलेसिया र अफ्रिकाको लागि प्रत्येक सदस्य बराबर ३ युएस डलर र अन्य देशको लागि ५ युएस डलर पठाउन निर्देशन दिएको छ ।