७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा गोली हानेर ५ जनाको सामूहिक हत्या

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७८, बिहीबार २१:४३

लण्डन । बेलायतको प्लाइमाउथमा ५ जनालाई गोली हानेर हत्या गरिएको छ ।

प्लाइमाउथमा एक बन्दुकधारीले आफैंलाई गोली हान्नु अघि पाँच जनाको हत्या गरेको स्थानिय समाचार माध्यमले उल्लेख गरेका छन् ।

ती बन्दुकधारीले बिहीवार साँझ आफुलाई गोली हान्नु भन्दा पहिला पाँच जनाको हत्या गरेको बताएको छ ।

गोली हान्ने व्यक्तिको आफ्रनै आमा सहित धेरै आफन्तहरु र सर्वसाधारण माथि गोली चलाएका थिए । प्रत्यक्षदर्शीहरुका अनुसार एक बच्चा पनि घट्नामा मारिएका छन् ।

पुलिसले त्यहाँ घटनास्थलमा धेरै जनाको मृत्यु भएको पुष्टि गरेको छ, अन्य मानिसहरु घाइते भएको बताएको छ । घट्ना स्थलमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रशासनले स्थानिय बासिन्दाहरुलाई शान्त रहन र घर भित्रै बस्न आग्रह गरेको छ ।

यस्तो घटना ब्रिटेनमा ११ बर्ष पछि घटेको बताएको छ । प्रहरीले सो घट्ना आतंकवादी समूहसंग नजोडिएको बताएको छ ।