७ बैशाख २०८१, शुक्रबार
Follow Us

संशोधनको पक्षमा मत हाल्न सक्दिन : अमरसिंह पुन, नेपाली कांग्रेस, सांसद

नेपालब्रिटेन डट कम्
३ माघ २०७३, सोमबार १४:०२

रोल्पाबाट निर्वाचित सांसद अमरसिंह पुनले संविधान संशोधनको पक्षमा आफूले मतदान गर्न नसक्ने बताएका छन् । उनी रोल्पा जिल्ला कांग्रेस सभापति पनि हुन् । पार्टीले ह्वीप जारी गरे पनि आफू रोल्पाली जनताको भावनाअनुसार संविधान संशोधनको पक्षमा मतदान गर्न नसक्ने बताएका छन् । मतदान गर्न नसक्ने बाध्यता उनको कसरी आयो भन्ने विषयमा सांसद पुनसँग गरिएको कुराकानी–

अमरसिंह पुन, सांसद नेपाली कांग्रेस

० पार्टीको ह्वीप नमान्ने घोषणा गर्नुभयो । डर लागेको छैन ?
– संसदमा दर्ता भएको संविधान संशोधन विधेयकमा सीमांकनको कुरा उल्लेख छ । म जहाँबाट प्रतिनिधित्व गर्छु, त्यहाँका जनता मारमा परेका छन्, म पनि मारमा परेँ, त्यसकारण म विपक्षमा मत हाल्छु । संघीयताको मर्म बुझिएको छैन, नेताहरुले बुझ्नु भएन । संघीयताको मर्म भनेको सेवा सुविधा जनताले नजिकबाट पाउनुपर्छ भन्ने हो, यसको मर्म विपरित ४ नम्बर प्रदेशको पहाडी जिल्लालाई टुक्राएर ५ नम्बर प्रदेशमा राख्ने काम गरियो त्यो ठीक छैन । हामीलाई पोखरा पुग्न घेरोटो बाटो पनि छैन । ६ नम्बर हुँदै, ३ नम्बर पुगेर पोखरा पुग्नुपर्ने अवस्था छ । काठमाडौं भन्दा पनि अपायक पर्ने ठाउँ जान सक्दैनौं । यहाँका जनताको भावनाविपरित म जान सक्दिन, त्यसकारण म विपक्षमा मत हाल्छु भनेको हुँ ।

० पार्टीले ह्वीप जारी गर्ला नमान्ने ?
– मैले पार्टीभन्दा पनि जनताको ह्वीप मान्नुपर्छ । यो सांसद पद केही दिनका लागि रहला, भोलि त म रोल्पाकै जनता हुँ नि । म रोल्पाली जनताको बीचमा बस्नुपर्छ । मलाई रोल्पाली समाज चाहिन्छ । त्यसकारण पार्टीको ह्वीप मानेर म कसरी बसूँ ?

० कांग्रेसभित्र फरक मतलाई सम्बोधन गर्न छलफल किन हुन सकिरहेको छैन ?
– सत्ता साझेदार पार्टी कांगे्रसले संविधान संशोधनका लागि ५ नम्बर क्षेत्रमा अहिले पु¥याइएका जनतासँगसमेत छलफल गरेको छैन । पार्टी सभापतिले कम्तीमा क्षेत्रीय सभापतिहरुलाई बोलाएर छलफल गर्नुपथ्र्यो । त्यसरी छलफल गरेर संशोधन विधेयक लगेको भए यहाँको भावनालाई जोडिन्थ्यो होला । ५ नम्बर प्रदेशमा काहिँ विवाद थिएन । मधेशले पहाड चाहिँदैन भनेको थिएन, न पहाडले मधेश चाहिदैन भनेको थियो । संविधान जारी हुँदा यहाँका ४२ जना प्रतिनिधिले हस्ताक्षर गरेर यो प्रदेश चाहियो भनेका थियौं । हस्ताक्षर अभियान चलाएर नेताहरुलाई कन्भिन्स गरेर यो प्रदेश बनेको हो । कैलाली कन्चनपुर र झापा मोरङ सुनसरीमा कुरा उठेको थियो, एक्कासी ५ नम्बर प्रदेशको कुरा आयो, अचम्म गरी यो कुरा आयो । संविधान जारी गर्दा तीन दल उभिएर जस्तोसुकै दबाब खेपेका थिए, त्यही तरिकाले संविधान संशोधन गर्दा यहाँका सांसदलाई राखेर छलफल गर्नुपथ्र्यो । एउटा निकास निस्कन्थ्यो । ९० प्रतिशतले जारी गरेको संविधान ८–१० प्रतिशतले विरोध ग¥यो भनेर संशोधन विधेयक ल्याइयो । अहिले १२ वटै जिल्ला आन्दोलित छ । ५ नम्बर प्रदेश पहिला जस्तो थियो, त्यस्तै होस् भन्ने जनताको चाहना हो ।

० यी कुरा पार्टी सभापति र महामन्त्रीलाई भन्नुभएको छ कि छैन ?
– पार्टीका सबै शीर्ष नेताहरुलाई हामीले यो कुरा भनिसकेका छौं । यस विषयमा महामन्त्रीले बोल्नुभएको छ, कहिले रामचन्द्र पौडेलले, कहिले सुजता कोइरालाले कहिले डा. शेखर कोइरालाले बोल्नुभएको छ । धेरै एन्गलबाट हामीले सभापति शेरबहादुर देउवासँग पनि कुरा गरेका छौं । शीर्ष नेताहरुलाई हामीले जनताको भावना विपरित नजानुहोस भनेका छौं । सबै किसिमको कारबाही भोग्न तयार छु, प्राण त्याग्न सक्छु, तर ५ नम्बर प्रदेशको पक्षमा उभिन सक्दिन भनेर नेताहरुलाई मैले भनिसकेको छु । सांसद र निर्वाचित जिल्ला सभापति हुँ, यदि मलाई साधारण सदस्यबाट निकालिन्छ भने कांगे्रस भएर बाँच्न पाइला, कांगे्रसको भोटर बनुला । रोल्पाली भनेर बाँच्न पाउने अधिकार मेरो रहन्छ कि रहदैन, त्यो कुरा नेताहरुले बुझ्ने हो । यो देशको नागरिक हौं भन्ने अभिभावकत्व उहाँहरुले पनि दिनुपर्छ । त्यसकारण हामी अन्तिम अवस्थासम्म संविधान संशोधन विधेयकको विरुद्धमा लाग्छ । मतदान भयो भने त्यसविरुद्ध मत पनि हाल्छौं ।

० रोल्पालाई प्रधानमन्त्री दाहालले किन दुःख दिन चाहनुभएको हो ?
– पहिलो संविधानसभामा माओवादी ठूलो पार्टी भयो, सरकार चलायो, सशस्त्र द्वन्द्वका बेला त्यही माओवादीले काठमाडौं धेरै टाढा भयो, हामी रोल्पालाई राजधानी बनाउँछौं, यो रोल्पालाई समृद्ध बनाउँछौं भन्ने नारा दिएका थिए । सोझा साझा रोल्पालाई आन्दोलनमा होमिएर हजारौंले ज्यान गुमाउनु प¥यो । मीठो नारा र भावनाले रोल्पालीहरु सशस्त्र द्वन्द्वमा उत्रिए । रोल्पालीलाई देखाएको सपनाले धेरै क्षति व्यहोर्नुप¥यो । पहिलो संविधानसभापछि ठूलो पार्टी माओवादीले पक्कै पनि रोल्पाली जनतालाई देखाएको सपना साकार होला भन्ने म कांगे्रस कार्यकर्ताले पनि आशा गरेको थिएँ । अन्त्यमा हात्ती आयो फुस्सा जस्तो भयो । देशको राजधानी छोड्दिनुस, प्रदेशको राजधानी बनाउनेसमेत कल्पना भएन । माओवादी नेतृत्वको सरकारले राजधानी पोखरा लैजादैछ । जहिले पनि गुलिया सपना देखाउने त्यसपछि पीडा दिने । अब रोल्पाली माओवादीको सपनामा भुलिदैनन्, सचेत भएको छन्, माथि उठेका छन् । मगरात क्लस्टर मिलाउने नाममा मिलेर बसेका समुदायलाई जातीय नाममा फेरि द्वन्द्व सिर्जना गरिदैछ । मगरको कुरा गर्ने, जिताउँदा पुष्पकमल दाहाल बाहुनको छोरालाई जिताउने । बालाराम घर्तीमगरलाई होइन, कृष्णबहादुर महरालाई जिताउने । जातीय नारा लगाएर जुन खालको विखण्डन गर्दैछ, त्यसले मगरको अस्तित्व गुम्दैछ । हाम्रो पहिलो पहिचान भनेको नेपाली हौं, बहुजात मिलेर बसेको नेपालीलाई खण्ड खण्ड बनाएर द्वन्द्व गराइदैछ ।

० आफ्नै पार्टीका सांसदको विरोध हुँदाहुँदै यस्तो प्रस्ताव किन दर्ता गरिएको हो ?
– राजनीतिक मुद्दाका लागि यो गरिएको हुनसक्छ । हामीले प्रयास गरेको हो, तर सकिएन भनेर कसैलाई चित्त बुझाउनलाई होला । कसैले यही मुद्दा लिएर चुनाव लडौ भन्ने भावना होला । संविधानको धारा २७४ ले के भन्छ भन्ने कुरा मधेशी दलका नेताहरुले पनि स्वीकार गरेका छन् । हाम्रा शीर्ष नेता र प्रधानमन्त्री पुष्पकमलले केही नबुझ्ने कुरो हुँदैन । बुझेका छन्, नबुझेजस्तो गर्छन् ।

० माघ मसान्तपछि समीकरण फेरिन्छ भनिन्छ, सम्भव छ ?
– संविधान कार्यान्वयन गर्ने हो भने प्याकेजमा समाधान खोजौं । सम्पूर्ण समस्या एउटा टेबुलमा राखौं, मधेश, जनजाति, नागरिक र सीमांकनको समस्या के हो, त्यसबारे छलफल गरौं । कम्तीमा शीर्ष तीन दल एक ठाउँ बसेर जसरी संविधान जारी गरियो, त्यो कार्यान्वयनका लागि एक ठाउँमा उभिनु जरुरी छ । सरकार कसको हुन्छ भन्ने कुरा महत्वपूर्ण होइन । जसले बच्चा जन्माएको हो, उसले हुर्काउनुपर्छ । हुर्कदै गरेको बच्चालाई घाँटी निमोठेर मार्नु हुँदैन । तीन दल एक ठाउँमा उभिएर संविधान कार्यान्वयन गर्नुपर्छ । सत्ता कसको हुन्छ, त्यो महत्वपूर्ण होइन ।

० दलहरु त एमालेमुक्त नेपाल बनाउने भन्दैछन् नि । सम्भव छ ?
– एमाले भनेको १ सय ८२ सिट भएको दोश्रो ठूलो राजनीतिक दल हो । संसदमा उसको उपस्थिति ३० प्रतिशतभन्दा माथि हो । यति ठूलो राजनीतिक दललाई बाहिर राख्ने कल्पना गर्नु हुँदैन । मधेशी दलहरु सत्तामा हुँदा केही गर्नु नपर्ने । जातीय र क्षेत्रीय पार्टीहरुलाई ठेगान लगाएकै हुन नि नेपाली जनताले । जनताले बहिष्कार गरेका व्यक्तिलाई नेताहरुले ढोक गरेका लागि पनि यो समस्या उत्पन्न भएको हो ।

० पार्टी सभापति जसरी भए पनि दुईतिहाइ पु¥याउन लागिरहनुभएको छ, तपाईं चाहिँ विपक्षमा मत हाल्छौं भन्नुहुन्छ ?
– यो हास्यस्पद कुरो हो, यो कसरत गरिराख्नुपर्ने आवश्यक छैन । जनताको प्रतिनिधि के बोल्छन्, त्यहाँको भावना भनेको हामी टुक्रिन चाहदैनौं, हाम्रो घर गोठको सम्बन्ध छ, हामी सबै कुराले जोडिएका छौं । त्यसकारण हामी टुक्रिनु हुँदैन भन्दैगर्दा शीर्ष नेताहरु चाहिँ दुईतिहाइ पु¥याउँछौं । धन दिएर पैसा दिएर जसरी पनि दुईतिहाइ पु¥याउँछु भन्नु उहाँहरुको मुर्खता हो । अर्घाखाँचीमा प्रमुख अतिथिले बोल्नै पाएनन् । अरु दलले त सहभागिता नै जनाएन । शीर्ष नेताहरुले त्यहाँको वस्तुस्थिति बुझेर संशोधन विधेयकमा मतदान नगर्ने एक किसिमको प्लान गर्नुहोला । यस क्षेत्रका जनताका प्रतिनिधि पैसा वा सत्ताको लोभमा फेसेर संशोधन विधेयकको पक्षमा मत हाल्छन भन्ने मलाई लाग्दैन । एमालेलगायत अन्य ९ दल छन्, अन्य साना दल छन्, हामी छौं, अनि कसरी पुग्छ दुईतिहाई ।

० तपाईं विपक्षमै मतदान गर्नुहुन्छ ?
– पहिलो कुरा म नेपाली हुँ, दोश्रो म जन्मजात कांगे्रस हुँ, कांगे्रस भनेर बाँच्न पाइला । यदि कांगे्रसले साधारण सदस्यबाट निकाल्यो भने पनि कांगे्रसलाई मतदान गर्छु भन्न त पाइला । तर संशोधन विधेयकको पक्षमा मत हाल्न सक्दिनँ ।