१४ बैशाख २०८१, शुक्रबार
Follow Us

केन्द्रीय प्रतिनिधी छान्न एनआरएनए अमेरिकामा दुईवटा निर्वाचन

नेपालब्रिटेन डट कम्
२९ श्रावण २०७८, शुक्रबार २०:३२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनको लागि सहमतिमा प्रतिनिधी छान्न एनआरएनए अमेरिकाको नेतृत्व असफल भए पछि छुट्टाछुट्टै निर्वाचन हुने भएको छ ।

संघका अध्यक्ष बुद्धि सुवेदी समूहले विवादस्पद प्रमुख निर्वाचन आयुक्त विश्व बराल मार्फत एकलौटी रुपमा शुक्रवार निर्वाचन घोषणा गरे पछि विवादले चर्को रुप लिएको हो । यसैबीच डा. राजन पन्तको संयोजकत्वमा गठित प्रतिनिधी छनोट समितिले अर्को छुट्टै निर्वाचनको घोषणा गरेको छ ।

समितिका सदस्य शंकर खड्काका अनुसार संघको विधान अनुरुप २५ प्रतिशत प्रतिनिधीको चयन गर्न १५ तारिख बिहान निर्वाचन तोकिएको छ ।

संघको आगामी अक्टोवरमा हुने निर्वाचनमा एनआरएनए अमेरिकाबाट १८९ जनाले केन्द्रीय नेतृत्व चयनको लागि भाग लिन पाउने छन् ।

संघको विधान अनुरुप ६५ प्रतिशत प्रतिनिधी मध्येबाट १२३ जना प्रतिनिधीबाट १०१ जनाले आफ्नो नाम दर्ता गराएका थिए । खड्का अनुसार बांकी २५ प्रतिशत प्रतिनिधीहरुको लागि निर्वाचन गर्न लागिएको हो । संघको विधान अनुरुप १५ प्रतिशत प्रतिनिधी अध्यक्ष बुद्धी सुवेदीले मनोनित गर्ने भएका छन् ।

उम्मेदवारहरु