७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए उपाध्यक्षमा अष्ट्रेलियाबाट धर्मराज अधिकारीको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
३० श्रावण २०७८, शनिबार ०२:४१

लण्डन । गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनमा अष्ट्रेलिया निवासी एक सफल व्यवसायीले उम्मेदवारी दिने भएका छन् ।

संघको आगामी कार्यकालको लागि समाजसेवी धर्मराज अधिकारीले उम्मेदवारी दिने भएका हुन् ।

नेपालबाट अध्ययन र व्यापारको सिलसिलामा अष्ट्रेलिया पुगेका अधिकारी एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा स्थापित पात्रको रुपमा परिचित छन् ।

अधिकारीले नेपाली नागरिकताको निरन्तरता, नेपालमा एनआरएन लगानी, संघभित्र नेतृत्वको प्रभावकारिता र नेपालमा सिप तथा ज्ञानको प्रवर्धन गर्ने महत्वपूर्ण अजेण्डा सहित उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेको बताए ।

निकै मिलनसार र भद्र व्यक्तित्वको रुपमा अष्ट्रेलियमा परिचित अधिकारीले केही अनलाइन मिडियाले आफ्नो नाम विना अनुमति कुनै अर्को प्यानलमा जोडिए पछि दुःख मनाउ गरेका छन् ।

अधिकारीले भविष्यमा प्रष्ट कार्ययोजना सहित निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेका छन् । उनी अध्यक्ष प्रत्यासी डा. बद्री केसी निकटवर्तीको रुपमा चिनिन्छन् ।

संघको महाधिवेशन यही अक्टोबर २३ देखि २५ तारिख हुदैछ । सो महाधिवेशनमा स ८० देशभन्दा बढीका प्रतिनिधिहरूको सहभागितामा नयाँ नेतृत्वको चयन गर्नेछ । संघको नेतृत्वको लागि अनलाइन मतदान गर्ने तयारी गरिएको छ ।