१५ चैत्र २०८०, बिहीबार
Follow Us

आर्सनल ब्रेन्टफर्डसँग पराजित

नेपालब्रिटेन संवाददाता
३० श्रावण २०७८, शनिबार ०७:५४

लन्डन । इङलिस प्रिमियर लिग अन्तर्गत सिजन २०२१ र २२ को पहिलो खेल मै आर्सनल प्रिमियर लिगमा डेब्यु गरिरहेको ब्रेन्टफर्डसँग पराजित भएको छ । ब्रेन्टफर्डको घरेलु मैदानमा शनिबार बिहान सम्पन्न खेलको २२ औँ मिनेटमा ब्रेन्टफर्डका सर्जी कानोसले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ७३ औँ मिनेटमा क्रिष्टियन नोर्गार्डले गोल थप्दै नवप्रवेशी क्लबको अग्रता दोब्बर पारेका थिए । यो जीतसँगै ब्रेन्टफर्ड प्रिमियर लिगको ५० औँ क्लब डेब्यु खेलमै ३ अंक जोड्न सफल भएको छ ।

कोरोना संक्रमणपछि पहिलो पटक पुर्णरुपमा दर्शक प्रवेश गर्न दिइएको खेलमा घरेलु समर्थकहरुले खेलको वातावरण निकै रोमाञ्चक बनाएका थिए ।

यता नयाँ सिजन २०२१र२२ अन्तर्गत स्पेनिश ला लिगाको पहिलो खेलमा भ्यालेन्सियाले गेटाफेलाइ १–० ले पराजित गर्दै ला लीगामा पहिलो जीत दर्ता गरेको छ । यसैगि आजै सम्पन्न २०२१र२२ को बुन्डेसलिगा अन्तर्गतको पहिलो खेलमा साबिक विजेता बार्यन म्युनिख मोन्चेनग्लाडवाचसँग १(१ गोलको बराबरीमा रोकिदैँ अंक बाडेको छ ।

आजबाट शुरु भएको ३ वटै ठुला लिगहरु अन्तर्गत प्रिमियरलिगका ७ खेलहरु आज साँझ खेलिदैछन् । जसमा म्यानचेष्टर युनाइटेडले लिड्ससँग प्रतिस्पर्धा गर्दैछ । यसैगरि चेल्सीले क्रिष्टल प्यालेस र लिभरपुलले नवप्रवेशी क्लब नोरविचसँग खेल्दैछ । यता भने बोन्डेसलिगाका ७ खेल र ला लिगाका २ खेलहरु आज साँझ खेलिदैछन् ।