७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए क्यानाडाको अध्यक्षमा दिपक गौतम विजयी

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७८, आईतवार ०८:४८

लण्डन । गैरआवासीय नेपाली संघ क्यानाडाको अध्यक्षमा दिपक गौतम विजयी भएका छन् । संघको शनिवार सम्पन्न निर्वाचनमा गौतमले अर्का प्रत्यासी गोपाल प्रसाद भण्डारीलाई पराजित गरेका छन् ।

क्षेत्रीय प्रतिनिधीहरु मतदाता रहेको निर्वाचनमा गौतमले १४ मत प्राप्त गरेका थिए भने भण्डारीले ५ भोटमा चित्त बुझाए ।
यस्तै महासचिवमा अनुप सुवेदीले १२ मत ल्याएर विजयी भए । अर्का उम्मेदवार प्रमेश गुप्ताले ७ मत ल्याए । यस्तै सचिवमा राजेन्द्र पोखरेलले १२ मत प्राप्त गरि विजयी भए। राजुु भट्टले ७ मत पाए ।
निर्बिरोध हुने उपाध्यक्ष्यमा शैलेन्द्र चापागाई , सङिता जिसि, दिपक सापकोटा र कृष्ण न्यौपाने छन् भने कोषाध्यक्ष्यमा यम खत्री छन ।यसै गरि आइसिसि पदमा शान्त राजभण्डारी , दुर्गा प्रसाद अधिकारी, शम्भु धमाला र गिरिराज बुढाथोकी पनि निर्बिरोध चयन भए ।