८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनएमा दोहर्‍याएर निर्वाचन नलड्न आचार्यलाई रविना थापाको सुझाव

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७८, आईतवार ०९:५९


‘कांग्रेसको आर्शिवाद लिएरअघि बढे खुट्टा कमाउन्न्’

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षकी प्रत्यासी रविना थापाले संघको गत निर्वाचनमा पराजित कुल आचार्यलाई दोहर्‍याएर निर्वाचन नलड्न सुझाव दिएकी छन् । थापाले प्रवासखबरसंगको एक अन्तरवार्तामा सो सुझाव दिएकी हुन् ।

‘अहिले उहाँ फेरि लड्ने भन्ने मैले पनि सुनेकी हुँ। मेरो वुझाइमा उहाँले दोर्हयाएर चुनाव नलड्दा राम्रो हुन्थ्यो। हार–जीत सामान्य कुरा हो’ थापाले भनिन् ।

थापाले ‘तपाईले कुल दाईको कुरा उप्काइहाल्नु भयो। उहाँ गत वर्ष पनि चुनावी मैदानमा हुनुहुन्थ्यो। अहिले उहाँ फेरि लड्ने भन्ने मैले पनि सुनेकी हुँ। मेरो वुझाइमा उहाँले दोर्हयाएर चुनाव नलड्दा राम्रो हुन्थ्यो। हार–जीत सामान्य कुरा हो। अघिल्लो निर्वाचनमा पराजित हुँदा पनि संस्थाले उहाँलाई उच्च सम्मान दिएको हो। अब उहाँले अरुलाई ठाउँ दिनुपर्छ। यसले उहाँको उचाइ थप अग्लो हुनेछ’ बताउकी छन् ।

उनले आचार्य उठे पनि, नउठेपनि केही फरक नपर्ने भन्दै आफुलाई सबैको हुने सहयोग हुने दावी गरेकी छन् ।

उनले एनआरएनए जस्तो पवित्र सामाजिक संस्थामा राजनीतिक हस्तक्षेप हुनु गलत भएको बताएकी छन् ।

‘हो, म डेमोक्रयाट (कांग्रेस) हुँ। जन्मिदैं काग्रेस। बुवाको पालादेखि नै हाम्रो परिवार कांग्रेसी हो। विदेशमा पनि कांग्रेस निकट कै जनसम्पर्क समितिमा आबद्व भएँ। यहाँबाट मलाई धेरैले चिन्नु भयो, सामाजिक काम पनि धेरै गरियो।

तर, एनआरएनएको जिम्मेवार पदमा आबद्व भएपछि राजनीतिमा सक्रिय छैन। सानैदेखि आबद्व भएकोले (कांग्रेस) सद्भाव हुनु स्वभाविक हो। त्यसैले मलाई जनसम्पर्क समिति र नेपालमा कांग्रेस निकट व्यक्तिले माया गर्नुहुन्छ।’

‘नेपाल आएकोबेला मेरो नेतागोतासँग भेटघाट हुन्छ। तर, एनआरएनएमा चुनाव लड्न कहिले पनि नेतासँग टिकट माग्न गइन्। जरुरी पनि छैन। एनआरएनएको चुनाव लड्न नेपालका नेताले टिकट दिइरहनु आवश्यक छैन।’

उनले अन्तरवार्तामा पार्टी (कांग्रेस) बाट अहिलेसम्म केही मागेको छुइन्। बरु उल्टै सहयोग गरेकी छु। यत्ति हो, अहिले मैले उम्मेदवारी दिने भनेपछि उहाँहरू (कांग्रेसीहरू) ले मलाई आर्शिवाद दिनु भएको छ। यो स्वाभिक जस्तो मलाई लाग्छ। मैले पनि उहाँहरुले दिएको आशिर्वादलाई गह्रण गरेकी छु। जनसम्पर्क समितिबाट हुने माया पनि मैले नै पाउने दावी गरेकी छन् ।

चुनावमा को लड्न आउँछ, को आउँदैन मेरो टाउको दुखाईको विषय होइन। कोही आउँछ भनेर म चुनावी मैदानमा उठ्न लागेकी पनि होइन। चुनाव लड्न तयारीका साथ आएको छु, खुट्टा कमाएको छैन। मेरो कुनै कुरामा कमजोरी छैन। चुनाव जित्छु भन्नेमा म ढुक्क छु।